दिल्ली क्यापिटल्सद्वारा सन्दीप फुकुवा, अरू टोलीसँग पनि अनुबन्ध हुन पाउने « Khabarhub

दिल्ली क्यापिटल्सद्वारा सन्दीप फुकुवा, अरू टोलीसँग पनि अनुबन्ध हुन पाउने


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)का लागि नेपाली क्रिकेट खेलाडी  सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ ।

योसँगै लामिछानेलाई सन् २०२१ को आइपीएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ ।

आइपीएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो । आइपीएलको खेलाडी अनुबन्धन (अक्सन) आगामी फेबु्रअरी दोस्रो साता हुने बताइएको छ ।

लामिछानेलाई अब अर्को टोलीले आइपीएलका लागि लिने वा नलिने भन्नेबारे त्यही बेला टुङ्गो लाग्ने छ ।

दिल्लीले लामिछानेलाई सन् २०१८ को आइपीएलका लागि ३२ लाखमा पहिलोपटक टोलीमा अनुबन्ध गरेको थियो । त्यस वर्षको आइपीएलमा उनले तीन खेलमा खेल्ने मौका पाउँदा पाँच विकेट लिएका थिए ।

दोस्रो वर्ष सन् २०१९ को आइपीएलमा लामिछानेले छ खेलमा आठ विकेट लिएका थिए । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनैपनि खेलमा खेल्ने मौका दिइएको थिएन ।

दिल्लीले लामिछानेसँगै इङ्ग्ल्याण्डका जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई पनि टोलीबाट फकुवा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ८ : ५५ बजे

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र