शाहरुखको पठान सुटिङ सेटमा झगडा « Khabarhub

शाहरुखको पठान सुटिङ सेटमा झगडा


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता शाहरुख खान हालका दिनमा निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘पठान’को सुटिङमा व्यस्त छन् ।

यो फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ । केही दिन अघि मात्र फिल्मको सुटिङ सेटमा निर्देशक सिद्धार्थ र उनको सहायकबीच झगडा भएको खबर बाहिर आएको थियो ।

समाचार अनुसार निर्देशक आनन्दले एक सहायकलाई फोनसँगै नराख्न भनेका थिए । तर सहायकले यो कुरालाई मानेनन् । जब सिद्धार्थले सहायकलाई हप्काए, त्यसपछि दुई पक्षबीच विवाद सुरू भएको थियो । माहोल तातिदै गएपछि सिद्धार्थले सहायकमाथि हात उठाए ।

यसको प्रतिषोधमा सहायक पनि सिद्धार्थमाथि जाइलागे । जसकारण सेटको माहोल बिग्रियो र सुटिङ रोक्नु पर्यो ।

यो घटनापछि यशराज फिल्मस्ले ती सहायकलाई कामबाट निकालेको छ । तर घटनालाई लुकाउनका लागि सुटिङका केही सदस्यले यी सबै खबर गलत भएको दाबी गरेका छन् । निर्देशक र अन्य सदस्यबीचको सम्बन्ध सुमधुर रहेको उनीहरुको दाबी छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : १० बजे

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा