सुशान्तको चन्द्रमा प्रेम « Khabarhub

सुशान्तको चन्द्रमा प्रेम


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी) । बलिउडका लागि आज जनवरी २१ विशेष दिन हो । किनकी आजकै दिन अभिनेता सुशान्तसिंह राजपुतको जन्म भएको थियो । छोटो समयमै राम्रा फिल्ममा अभिनय गरेर चर्चा कमाएका सुशान्त हामी माझ छैनन् ।

कामको कुरा गर्दा सुशान्तलाई धेरैले टेलिभिजन र फिल्म नै सम्झन्छन् । तर उनको अर्को पाटो सायदै कमैलाईमात्र थाहा होला । सुशान्तलाई फिल्मका अलावा अन्तरिक्षमा विशेष लगाव थियो । उनी चन्द्रमामा जमिन किन्ने पहिलो बलिउड अभिनेता थिए । उनले सन् २०१८ मा चन्द्रमामा जमिन किनेका थिए । उनको यो जमिन ‘सी अफ मसकोवी’मा छ । उनले यहाँ इन्टरनेशनल लुनार लेजेण्ड्स रजिष्ट्रीबाट जमिन खरिद गरेका थिए ।

उनीसँग अन्तरिक्ष प्रति विशेष लगाव थियो । त्यहीकारण उनले विशेष प्रकारको एडभान्स टेलिस्कोप १४ एलएस०० पनि राखेका थिए । यो टेलिस्कोपमार्फत उनी सेटर्न रिंग्ससँगै तारा र अन्य ग्रह हेर्दथे ।

यद्यपि अन्तर्राष्ट्रिय संगठनहरुले चन्द्रमामा कानूनी रुपमा कसैलाई पनि जमिनको मालिक बन्ने अधिकार नरहेको बताउदै आएका छन् । पृथ्वी भन्दा बाहिर दुनियाँ मानव जातिको धरोहर रहेको र यसमा कुनै पनि देशले कब्जा गर्न नसक्ने उनीहरुको बुझाई छ ।

३४ वर्षे सुशान्त गत वर्षको जून १४ मा बान्द्रास्थित आफ्नो फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको मृत्युको विषयलाई लिएर सीबीआई, इडी र एनसिबी जस्ता देशका ठूला अनुसन्धान एजेन्सीले अनुसन्धान गरे पनि कुनै निश्कर्षमा पुग्न सकेका छैनन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : ५७ बजे

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल