प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सुनुवाइ जारी | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सुनुवाइ जारी

बुधबारसम्म १८ जनाले मात्रै गरे बहस, समय तोकिएपछि सनुवाइले लियो गति


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा आज पनि सुनुवाइ जारी छ ।

रिट निवेदकका तर्फबाटअधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेर आजको सुनुवाइको सुरूवात गरेका छन् ।

अधिवक्ताहरूले बहस लम्ब्याएपछि बुधबारबाट एक जनालाई आधा घण्टाभित्र बहस सक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले रूलिङ गरेकोमा आज त्यसलाई पनि घटाएर २० मिनेटमा झार्ने प्रयत्न गरेका छन् ।

आजको बहसको शुरूमै प्रधानन्यायाधीश जबराले २० मिनेटमा बहस सक्न अधिवक्ता अर्याललाई आग्रह गरेकोमा उनले आफूलाई पनि ३० मिनेट नै समय चाहिने बताएपछि उनले आधा घण्टा नै बहस गरेका छन् ।

अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको प्रतिनिधिमूलक संस्था विघटन गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएका छन् । विगतमा राष्ट्रप्रमुखले संविधानविपरीत चालेका कदमहरू फिर्ता लिएका उदाहरण प्रस्तुत गर्दै उनले राष्ट्रपति भण्डारीले पनि प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने तर्क गरे ।

‘राष्ट्रपति स्वय‌ंले प्रतिनिधिसभा विघटनको सूचना फिर्ता लिँदा हुन्छ । राष्ट्रपतिले जनताको नासो जनतामा फर्काउन सक्नुहुन्छ । संसद्लाई फेरि क्रियाशील हुने बाटो ल्याउन सक्नुहुन्छ,’ उनले भने ।

बहसको समय घटाइएपछि सुनुवाइले भने गति लिएको छ । बुधबार एकै दिन ८ जनाले बहस गरेका थिए । त्यसअघि समय किटान नगरिँदा एकै जनाले पाँच घण्टासम्म बहस गरेपछि सुनुवाइले गति लिन सकेको थिएन ।

सर्वोच्च अदालतका अनुसार प्रतिनिधिसभा विघटनको मुद्दामा बुधबारसम्म १८ जनाले मात्रै बहस गरेका छन् । यो रिटमा बहस गर्न ३ सयभन्दा बढी अधिवक्ताले वकालतनामा लेखाएका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसको भोलिपल्ट सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वभर श्रेष्ठ, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

रिट निवेदकहरूले नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १२ : १७ बजे

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको