केपी ओली कम्युनिस्ट पार्टीका भगौडा हुन् – नेता खनाल « Khabarhub

केपी ओली कम्युनिस्ट पार्टीका भगौडा हुन् – नेता खनाल


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम सच्यान आम नेपाली सडकमा उत्रिएको बताएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले नेपाली जनताले सडक आन्दोलनबाट ल्याएको लोकतान्त्रिक गणतन्त्र र संविधानसभाबाट निर्माण गरिएको संविधानको रक्षा र कार्यान्वयन गर्न सडकमा उत्रनुपर्ने बाध्यता आएको बताए ।

‘क्रान्ति र प्रतिकान्तिका अनेकन घुम्ती पार गरेर जनताका मुद्धालाई कार्यान्वयन गर्न आएको पार्टी कहिल्यै पनि प्रतिगमनकारी कदमलाई स्वीकार गर्न सक्दैन,’ खनालले भने ।

उनले ७ दशक लामो कम्युनिस्ट आन्दोलन कहिल्यै नझुक्ने बताउँदै केपी ओली कम्युनिस्ट पार्टीका भगौडा भएको बताए ।

प्रतिकदमकारी कदम चाल्ने केपी ओलीले आफ्नो कदमलाई राजनीतिक कदम भने पनि त्यो प्रतिगमनकारी कदम रहेको बताए । प्रधानमन्त्रीले सँधै संविधानअनुसार चल्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  २ : ४९ बजे

कफीको सुगन्धमा बुनिएका युवाका सपना

धादिङ– चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन,

प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शनसहित गरिन् रुद्राभिषेक पूजा

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया