विप्लव समूहका नेता वली जेल चलान | Khabarhub Khabarhub

विप्लव समूहका नेता वली जेल चलान


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पोलिट्ब्यूरो सदस्य तथा मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली पुर्पक्षका लागि जेल चलान भएका छन् ।

ललितपुर जिल्ला अदालतले ओलीसहित विप्लव समूहका ६ जनालाई पुर्पक्षका लागि जेल चलाउन गरेको हो ।

१ जनाको मृत्यु र ३ जना घाइते हुने गरी ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटको मुद्दाको पुर्पक्षका लागि अदालतले वलीसहित ६ जनालाई थुनामा पठाउने आदेश जारी गरेको हो ।

जिल्ला अदालतको आदेशानुसार ६ जनालाई नख्खु कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दियो ।

पुर्पक्षका लागि थुनामा पठाइएका अन्यमा जम्ली भनिने वीरबहादुर कठायत, रामकृष्ण खतिवडा, ईश्वर दमाइ, दिकेन्द्र राई र शिव धिमाल छन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ६ : ५५ बजे

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै