ट्रम्पलाई महाअभियोगको सामाना गर्न दुई साताको तयारी, फ्रेब्रुअरीमा मात्रै सुनुवाइ हुँने « Khabarhub

ट्रम्पलाई महाअभियोगको सामाना गर्न दुई साताको तयारी, फ्रेब्रुअरीमा मात्रै सुनुवाइ हुँने


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोगको समानाको आवश्यक तयारीका लागि दुई साताको समय मिलेको छ ।

महाअभियोगको सामाना गर्न आवश्यक तयारिका लागि ट्रम्पका कानून व्यवसायीले मागेको दुई हप्ताको समय दिन डेमोक्र्याटले सहमति जनाएका हुन् ।

डेमोक्याट र रिपब्लिकनबीच भएको सहमतिपछि कम्तीमा आउँदो महिना (फेब्रुअरी ८) सम्म माथिल्लो सदनमा महाअभियोग प्रस्तावमाथिको सुनुवाई सुरु हुने छैन ।

तल्लो सदनबाट पारित भएको महाअभियोग प्रस्ताव सभामुख न्यान्सी पेलोसीले आउँदो सोमबार सिनेटमा पठाउने तयारी गरेकी छन् ।

नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावको नतिजा अस्वीकार गरेका ट्रम्पले समर्थकलाई उक्साएर जनवरी ६ मा राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा हिंसात्मक आक्रमण गराएको अभियोग लगाइएको छ । ट्रम्पमाथि कार्यकालमै रहँदा दोस्रोपटक महाअभियोग लागेको थियो ।

जनवरी १३ मा तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरिसकेको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : ०५ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास