संयुक्त आन्दोलन निर्माणका लागि पूर्वप्रधानमन्त्रीहरूलाई भेटेको हुँ : डा.बाबुराम भट्टराई « Khabarhub

संयुक्त आन्दोलन निर्माणका लागि पूर्वप्रधानमन्त्रीहरूलाई भेटेको हुँ : डा.बाबुराम भट्टराई


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  उपराष्ट्रपति निवासमा प्रचण्डसँग गोप्य भेटवार्ता गरेको विषय सार्वजनिक भएलगत्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसबारे मुख खोलेका छन् ।

जनता समाजवादी पार्टीका नेतासमेत रहेका भट्टराईले प्रतिगमनविरुद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरुप आफूले राजनीति भेटघाट गरेको बताएका हुन्।

शुक्रबार अबेर ट्वीट गर्दै भट्टराईले आफूले पूर्वप्रधानमन्त्री तथा दलका नेताहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुसँग भेटघाट गरेको जनाएका हुन् । यस्ता भेटलाई निरन्तरता दिने पनि उनले बताएका छन् ।

‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ,’ उनले ट्वीटमा भनेका छन्,’यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्ड लगायत अन्य नेताहरूसंग भेटघाट गरेको हुँ। गर्दैरहनेछु!’

उनले यो ट्वीट गरेको दुई घण्टापछि फेरि अर्को ट्वीट गर्दै संयुक्त आन्दोलनको अपिल पनि गरेका छन् ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ९ : ३० बजे

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल