भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर « Khabarhub

भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत मनसाय राखी एउटा व्यक्तिको जग्गा अर्कैको नाममा पास गराएको अभियोगमा मालपोत कार्यालय धरानका तत्कालीन मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार मालपोत कार्यालय धरानका तत्कालीन मालपोत अधिकृत फणिन्द्र भट्टराई, तत्कालीन नायब सुब्बा डिल्लीराम कोइराला, तत्कालीन सर्वेक्षक योगेन्द्रप्रसाद यादव, तत्कालीन खरिदार श्यामप्रसाद लो र धरान– १४ का कर्णबहादुर राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । फिल्डबुकमा खगेन्द्र कुमारीको जग्गा भनी उल्लेख भएको जिल्ला सुनसरी, धरान नगरपालिका– ११ ग को कित्ता नं ३५ र ३६ का जग्गा खगेन्द्रकुमारी गिरीको मृत्युपश्चात् गलत मनसायले खगेन्द्रकुमारी राई बनाई नामसारी गरी बिक्री गरेको पाइएको आयोगले जनाएको छ । सो कार्यमा मालपोतका तत्कालीन अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

यस्तै डिभिजन वन कार्यालय बाराका कार्यालय प्रमुख गौरीशङ्कर प्रसाद केसरी समेतले सेवाग्राहीसँग रु ९० हजार घुस मागेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । वन अधिकृत शिवशङ्कर ठाकुर लोहारको निर्देशनमा रु ९० हजार घुस लिएको पाइएको छ । यस्तै दैलेख नारायण नगरपालिकाको एक सिँचाइ आयोजनामा अनियमितता गरेको अभियोगमा जिल्ला प्राविधिक कार्यालय, दैलेखका सवइञ्जिनीयर टेकबहादुर हितान, बैंक सियाला सिँचाइ योजनाका अध्यक्ष मिनबहादुर रावललगायतका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ८ : २८ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर