प्रदेशसभाद्वारा विधेयक पारित « Khabarhub

प्रदेशसभाद्वारा विधेयक पारित


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेशसभाको मंगलबारको बैठकले प्रदेशसभाको सचिव र सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको छ । विधेयक पारित भएसँगै प्रदेशसभाको काम कारवाही सञ्चालन तथा व्यवस्थापन गर्न सहज हुने भएको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि उक्त विधेयकमाथि भएको छलफलमा प्रदेशसभा सदस्य महेशदत्त जोशी, पूर्णा जोशी र लालबहादुर सोडारीले धारणा राखेका थिए ।

यसैगरी बैठकले ‘सुदूरपश्चिम प्रदेशको प्रदेशसभा (पहिलो संशोधन) नियमावली २०७५’ पनि पारित गरेको छ । बैठकमा प्रदेशसभा नियमावली २०७४ को संशोधन मस्यौदा समितिका संयोजक वीरमान चौधरीले उक्त नियमावलीलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त नियमावली माथि भएको छलफलमा डिल्लीराज पन्त र बलदेव रेग्मीले भाग लिएका थिए ।

यसअघि उक्त नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदनउपर नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य श्यामलाल रानाथारुले प्रस्ताव गरेको संशोधन प्रस्तावलाई बैठकले ध्वनि मतले अस्वीकृत गरेको थियो ।

नियमावलीका विभिन्न छ वटा दफामा संशोधन गरिएको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक २०७५ मा टेबुल गरे। अर्को बैठक यही बुधबार दिउँसो २ बजे बस्नेछ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ९ : ०० बजे

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।

आर्थिक संकटमा बालगायक अशोक दर्जी, ‘अहिले न पैसा छ, न बैंक ब्यालेन्स’

काठमाडौं– चर्चित बालगायक अशोक दर्जीले आफू गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको

नेकपा बहुमतले भन्यो : दीपक गुटको भेला अनाधिकृत र भ्रमपूर्ण, त्यो सम्मेलन होइन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी असोज ५ देखि