पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुसँग ओलीले भने, ‘विगतमा जस्तो नेतृत्वबाट धोका हुने छैन’ « Khabarhub

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुसँग ओलीले भने, ‘विगतमा जस्तो नेतृत्वबाट धोका हुने छैन’


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन विद्रोही माओवादीका जनमुक्ति सेनाका कमाण्डरहरुसँग छलफल गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व लडाकु कमाण्डरहरुसँग ओलीले छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्थ थापाले जानकारी दिए।

भेटका क्रममा ओलीले भने, ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ। नेतृत्वले तपाइँहरूका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ। यसरी आइरहँदा तपाइँहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं। नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन।’

ओलीलाई भेट्न तत्कालीन नेकपा (माओवादी) ले सञ्‍चालन गरेको सशस्त्र युद्धका केही कमाण्डरहरु बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले  प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा विभाजित छ ।

ओली समूह र दाहाल-नेपाल समूहले आ-आफ्ना गतिविधिलाई तीव्रता दिँदै आएका छन् । उनीहरु दुबै पक्ष अहिले कार्यकर्ता तानातानमा जुटेका छन् ।

‌प्रतिनिधसभा विघटन ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै दाहाल-नेपाल समूह सडक संघर्षमा छ भने ओली समूहले तोकिएको समयमा चुनाव हुने भन्दै नेता तथा कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिँदै भेला तथा प्रशिक्षणका कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ५ : ५४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल