वैदेशिक रोजगारीको पीडा : मलेसियाबाट ल्याइयो १८ नेपालीको शव (फोटोफिचर) « Khabarhub

वैदेशिक रोजगारीको पीडा : मलेसियाबाट ल्याइयो १८ नेपालीको शव (फोटोफिचर)


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीको क्रममा मलेसियामा ज्यान गुमाएका १८ नेपालीको शव स्वदेश ल्याइएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेसियाबाट १८ वटा नेपाली कामदारको शव ल्याएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ आइपुगेको हो ।

एक शवको अस्तु र अन्य १८ वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ ।

शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुर उडेको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याएको बताएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्यु भएर त्यहाँ अलपत्र अवस्थामा थिए । मृतकका परिवारको पीडालाई बुझेर निगमले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको निगमले उल्लेख गरेको छ ।

मलेसियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेका छन् ।

ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ । विदेशमा अलपत्र नेपाली कामदारको शव नेपाल ल्याएर निगमले सामाजिक उत्तरदायित्वको उदाहरणीय काम भएको निगमका सहप्रवक्ता शुलेख मिश्रले बताए ।

तस्वीर- रासस

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ६ : ४६ बजे

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्