धर्मकर्ममा मिस नेवाः नेपाल « Khabarhub

धर्मकर्ममा मिस नेवाः नेपाल


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १५ औं संस्करणको ‘मिस नेवाः नेपाल ११४१’का प्रतियोगीहरुले विश्व शान्तिको कामना गर्दै राजधानीको महाँकाल र संकटा मन्दिरमा पूजाआजा गरेका छन् ।

प्रतियोगीहरुले कोभिडको संक्रमण हटोस् र देशमा स्थिरता छाओस् तथा विश्वमा शान्ति होस् भन्ने कामना गर्दै गत शुक्रबार महाँकाल मन्दिरमा लाख बत्ती बालेका उनीहरुले शनिवार संकटा मन्दिरमा पनि पूजाआजा गरेका हुन् ।

आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार सुन्दरीहरुलाई कला, धर्म, संस्कृति, भाषा र भेषबारे ज्ञान अभिवृद्धि गराउने क्रममा हरेक वर्ष विश्व शान्तिको कामना गर्दै मन्दिरमा लगेर लाखबत्ती बाली पूजाआजा गराउने गरेको बताइन् ।

प्रतियोगिताको फिनाले आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । प्रतियोगितामा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्दैछन् ।

नेप्लिज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि ‘मिस नेवाः नेपाल’ आयोजनागर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि ‘लिटिल मिस नेवाः’आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : ०४ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको