सुशासन र विकास नै सरकारको काम – प्रधानमन्त्री « Khabarhub

सुशासन र विकास नै सरकारको काम – प्रधानमन्त्री


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्नु र विकास गर्नु नै सरकारको काम रहेको बताएका छन् । उनले जनताको समस्या पहिचान गरी सरकारले समाधान गर्ने बताए ।

प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिहरुका लागि सरकार साथमा रहेको बताएका छन् ।

आइतवार काठमाडौंमा आयोजित अपांगता निवारणका लागि काम गरिरहेका ९ वटा संस्थाहरुले गरेको अन्तर्किया कार्यकमा प्रधानमन्त्री ओलीले आवश्यक्ता हुनेलाई सरकारले हेर्ने बताए ।

ओलीले भने, “जसलाई सहयोगको आवश्यक्ता छ । सरकार तपाईहरुको साथमा छ । जीवनमा आइपरेका समस्याहरुको समाधानको लागि सरकारले सोच्छ, सोच्नैपर्छ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका केही महत्वपूर्ण काम गर्नु कामहरु गरिरहेको भन्दै त्यसबारे सरकारको काम कारबाहीका बारेमा प्रष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले भने, “हिजो सडकभरी बालबालिका हुने गर्थे । जसलाई खाते भन्ने नाम लिएर सम्बोधन गर्ने गरेका थिए । अहिले सडकमा खाते छैन् । सरकार छ यहाँ कसैलाई खाते हुन दिइँदैन ।”

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  २ : ३८ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था