राजसंस्था सहितको प्रजातन्त्रको माग राख्दै राप्रपाद्वारा पाँचथरमा प्रदर्शन « Khabarhub

राजसंस्था सहितको प्रजातन्त्रको माग राख्दै राप्रपाद्वारा पाँचथरमा प्रदर्शन


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– राष्ट्रियता र प्रजातन्त्र सबल तुल्याउन राजसंस्था सहितको प्रजातन्त्र अनुकूल पद्धति आवश्यक रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचथरले जनप्रदर्शन गरेको छ ।

‘समयको माग र जनताको आकांक्षा पुरा गर्न राजसंस्था सहितको प्रजातन्त्र देशमा आवश्यक देखिएको छ । बहुसंख्यक नेपाली जनता विशेष गरेर युवा पुस्ताको माग पनि यही छ,’ राप्रपाका केन्द्रीय सम्पादन सदस्य सगुनसुन्दर लावतीले भने ।

‘नर्वे, बेलायत, जापान र डेनमार्कमा जस्तो प्रजातन्त्रलाई सुढृद तुल्याउन, समृद्धि प्राप्त गर्न दलभन्दा माथि रहने निष्पक्ष राष्ट्रप्रमुखको रुपमा राजसंस्था चाहिएको छ,’ नेता लावतीले भने ।

राप्रपा पाँचथरको आयोजनामा आइतबार सम्पन्न जनप्रदर्शनको क्रममा नारा जुलुस गर्दै फिदिम बजार परिक्रमा गरीएको थियो ।

राजसंस्था, हिन्दुराष्ट्र पूनःस्थापना, भ्रष्टाचार नियन्त्रण, युवा रोजगार, नागरिक सुशासन, निष्पक्ष स्थानीय सरकारको नारा लगाउँदै र्याली सम्पन्न गरिएको थियो । भव्य र्याली कोणसभामा परिणत भएको थियो । कोणसभालाई राप्रपाका नेताहरुले सम्बोधन गरेका थिए ।

‘राजसंस्था र हिन्दुराष्ट्रको नारा लिएर राप्रपा जनतामाझ जानेछ, यही नै हाम्रो चुनावी मुद्दा हुनेछ,’ राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले कोणसभालाई सम्बोधन गर्दै भने ।

तीन तहको लुट र भ्रष्टाचार अन्त्य गरेर जनतालाई राहत दिन, देशलाई विकासको पथमा अघि बढाउन आधारभूत सुधार अपरिहार्य भएको छ, केन्द्रीय सदस्य नरेशभक्त चाम्लिङले भने ।

प्राज्ञिक समितिका केन्द्रीय सदस्य डा. डिल्लीप्रसाद चापागाईले राजसंस्था हटेपछि देशमा दुरदिन सुरु भएको भन्दै त्यसमा सुधार आवश्यक रहेको बताए ।

राप्रपा पाँचथरका अध्यक्ष राजकुमार जोशीले जनताको चाहना र देशको आवश्यकता बमोजिम राप्रपा विकल्पको रुपमा स्थापित हुने बताए । जिल्ला उपाध्यक्ष कमल चेम्जोङले युवा रोजगार र नागरिक सुशासन कायम नगरी देशमा प्रगति नहुने बताए ।

सो क्रममा विभिन्न दल परित्या गरी ४३ जना राप्रपामा प्रवेश गरेका थिए ।

 

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ६ : ४१ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल