सावित्राको ४ गोलमा एपीएफको शानदार जित  « Khabarhub

सावित्राको ४ गोलमा एपीएफको शानदार जित 


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सावित्राको ४ गोलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले विराटगर महानगरपालिकामाथि ७-० गोल अन्तरको फराकिलो जित हासिल गरेको छ ।

राष्ट्रिय महिला लिगअन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा एपीएफको जितमा सावित्राले दोस्रो ह्याट्रिक गरेकी हुन्।

उनले यसअघिको खेलमा चन्द्रपुर नगरविरुद्ध ह्याट्रिक गरेकी थिइन्। आजको खेलसँगै उनले दुई खेलमा ७ गोल गरेकी छन्।

पहिलो हाफको २५ र ४२ औँ मिनेटमा दुई गोल गरेकी सावित्राले दोस्रो हाफको ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन्।

त्यस्तै, उनले निर्धारित समयको एक मिनेटअघि व्यक्तिगत चौथो गोल गरिन्। सावित्राबाहेक अनिता केसीले दुई गोल गरिन् भने सरु लिम्बूले एक गोल गरिन्।

आजको जितसँगै दोस्रो जित निकालेको एपीएफले लिगमा ६ अंक बनाएको छ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ७ : ३५ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी