’भाइ हम तो धोखा खा गए…’ लेखेर सुरू हुन्छ ताण्डवको कथा, कस्तो छ सिरिज ? « Khabarhub

’भाइ हम तो धोखा खा गए…’ लेखेर सुरू हुन्छ ताण्डवको कथा, कस्तो छ सिरिज ?


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निर्देशक : अली अब्बास जफर
कलाकार : सैफ अली खान, डिम्पल कपाडिया, मोहम्मद जीशान अयूब, सुनील ग्रोवर, सारा जेन डायज, कृतिका कामरा, तिग्मांशु धूलिया
राजनीतिक ड्रामामा आधारीत ताण्डव नाममा जति प्रभावशाली छ, त्यस्तै प्रभावशाली यस वेभसिरिज फिल्मको अभिनय । तर यसमा नाम अनुसारको कथाको गति भने छैन । यसको कथा अत्यन्त स्लो छ । यस वेबसीरीजमा राजनीतिक समीकरण समय समयमा कसरी बदलिन्छ त्यसलाई चित्रण गरीएको छ ।

राजनीतिमा हुने धोका हरेक मोडमा कसरी बदलिन्छ यस वेभसिरीजको कथा समेत त्यहि आसपासमा रहेको छ । नेतालाई कुर्सीको मोह कति धेरै हुन्छ र यसकालागी कसरी चाल चलिन्छ त्यसलाई सिरीजको मुख्य केन्द्रबिन्दु बनाइएको छ ।

स्क्रीनमा ’भाई हम तो धोखा खा गए…’ लेखेर यसको कथा शुरु हुन्छ । कथाको शुरुवातमा भारतको दक्षिणपन्थी पार्टी जन लोक दलको राज देखाइएको छ । जन लोक दलले तेश्रो पटक आम निर्वाचन जित्ने माहौल देखाइएको छ । जस अनुसार देवकी नन्दन तिग्मांशु धूलिया प्रधानमन्त्री बन्ने लगभग तय हुन्छ । तर निर्वाचन हुनुअघि नै देवकी नन्दनको मृत्यु हुन्छ । यस्तोमा प्रधानमन्त्री पदको दाबेदार देवकीको छोरा समर प्रताप सिंह अर्थात सैफ अली खान रहन्छन् । तर राजनितिको तालमेल र समीकरण यसरी बदलिन्छ कि ३० बर्षदेखि देवकी नन्दनको खास रहेकि अनुराधा किशोर अर्थात डिम्पल कपाडिया प्रधानमन्त्री बन्छिन् ।

कथाले यहिबाट मोड लिन्छ । कसरी राजनितिको खेल घुम्दछ यसको आसपास बाकिँ कथा रहेको छ । यसका साथै सीरीजमा भारतको स्थिति देखाउने समेत प्रयाश गरीएको छ । जहाँ नेता र उद्योगपतीको साठगाठ र आम जनता, किसान र मजदूरको अवस्था देखाइएको छ ।

समग्रमा ताण्डव राजनीतिको उथलपुथलमा मात्र सिपित रहेको छ यसको गहिराईमा जान सकेको छैन । यसको पहिलो केहि भाग कथामा निकै स्लो रहेको छ । ६ एपिसोडपछि सीरीजमा रोमाञ्चकता आउँछ । तर कथा स्लो भएपनि राम्रो अभिनयले तपाईंलाई तानिरहनेछ ।

अभिनयको कुरा गर्दा सबैभन्दा राम्रो अभिनय डिम्पल कपाडियाको रहेको छ । उनको भुमिका र अभिनयले दर्शकको ध्यान खिच्दछ । सैफ अली खानको अभिनय औसत छ । मेल लीड भुमिकामा भएकाले उनको अभिनय ठिकठाक देखिन्छ । सुनील ग्रोवरको भुमिका सानो भएपनि निकै शानदार र महत्वपुर्ण रहेको छ । बाँकी कलाकारको अभिनय राम्रो छ । क्यामेरा र सम्पादन पनि राम्रो छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ६ : ३० बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक