गीता भित्र छ, जीवन जिउने र बुझ्ने सही सार, पढ्नुहोस् केही अंश « Khabarhub

गीता भित्र छ, जीवन जिउने र बुझ्ने सही सार, पढ्नुहोस् केही अंश


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमद्भागवत गीतामा भगवान कृष्णद्वारा रणभूमिमा अर्जुनलाई उपदेश दिइएको छ । महाभारतको युद्धभूमिमा अर्जुन र कृष्णकाबीच भएको संवाद नै श्रीमद्भागवत गीता हो । गीताले मनुष्यलाई सही तरीकाले जीवन जीउन मार्ग देखाउँछ । गीताका उपदेश हरेक मनुष्यलाई धर्मको मार्गमा सत्कर्म गर्ने शिक्षा दिन्छ ।

जब अर्जुन युद्धभूमिमा जान्छन् आफ्नो सामुन्नेमा पितामह र आफन्तलाई देखेर विचलित हुन्छन् । तब भगवान श्रीकृष्ण उनलाई सही ज्ञान दिन्छन् । श्रीकृष्ण अर्जुनलाई उपदेश दिदै भन्छन् हे पार्थ यो युद्ध धर्म र अधर्मको मध्य हो । त्यसैले आफ्नो शस्त्र उठाउ र धर्मको स्थापना गर । भगवान श्रीकृष्ण धर्मको मार्गमा हिड्न शिक्षा दिन्छन् जो मनुष्यको धर्म हो ।

गीतामा भनिएको छ, क्रोधबाट भ्रम उत्पन्न हुन्छ, जसले बुद्धि व्यग्र बनाउँछ र भ्रमित मनुष्य आफ्नो मार्गबाट भट्किन्छन् । तब सारा तर्कको नाश हुन्छ । जसका कारण मनुष्यको पतन हुने गर्दछ । तर्सथ मनुष्यले आफ्नो क्रोधमा नियन्त्रण राख्नु पर्दछ ।

गीतामा भगवान श्रीकृष्ण भन्छन्, मनुष्यलाई उसको कर्म अनुसारको कै फल प्राप्त हुन्छ । तसर्थ मनुष्यले सदैव सत्कर्म गर्नु पर्दछ । गीतामा भनिएका यी प्रत्येक कुरा हरेक व्यक्तिले पालना गर्नु पर्दछ ।

भगवान श्रीकृष्ण भन्छन्, आत्म मन्थन गरेर स्वयम्लाई पहिचान गर्नु आवश्यक छ, तबमात्र आफ्नो क्षमताको आंकलन गर्न सकिन्छ । यसकालागी ज्ञानरूपी तरवारले अज्ञानतालाई काटेर अलग गर्नु पर्दछ । जब व्यक्तिले आफ्नो क्षमताको आंकलन गर्न सकिन्छ ।

भगवान श्रीकृष्ण भन्छन्, मृत्यु एक अटल सत्य हो, तर केवल यो शरीर नश्वर हो । आत्मा अजर अमर छ । आत्मालाई कसैले काट सक्दैन । अग्निले जलाउन सक्दैन । पानीले भिजाउन सक्दैन । जसरी एक वस्त्र बदलिएर अर्को वस्त्र धारण गरीन्छ त्यसरी नै आत्मा एक शरीरलाई त्याग गरी अर्को जीवको शरीरमा प्रवेश गर्दछ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ६ : ४५ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा