हरेक नेपालीको भागमा ४६ हजार ३५४ रुपैयाँ ऋण | Khabarhub Khabarhub

हरेक नेपालीको भागमा ४६ हजार ३५४ रुपैयाँ ऋण

सरकारको ऋण १४ खर्ब पुग्यो


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारको सार्वजनिक ऋण बढेर १४ खर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयका अनुसार गएको मङ्सिर महिनासम्म सरकारको सार्वजनिक ऋण १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँ पुगेको हो ।

यो रकम गएको साउनको तुलनामा ८८ अर्ब २० करोड रुपैयाँले धेरै हो । गएको साउनमा सरकारको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ थियो ।

अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्म सरकारको ऋण १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँ रहेको छ । यसमध्ये ६ खर्ब ७० अर्ब ७४ करोड रुपैयाँ आन्तरिक र आठ खर्ब २० अर्ब ८२ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा आन्तरिकतर्फ १२ अर्ब २३ करोड रुपैयाँ ब्याज भुक्तानी भएको छ । बाह्यतर्फ २९ अर्ब ५६ करोड रुपैयाँ सावाँ र दुई अर्ब ६२ करोड रुपैयाँ ब्याज गरेर पाँच महिनामा सरकारले ३२ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरेको छ । समग्रमा सरकारले पाँच महिनामा ४४ अर्ब ७९ करोड रुपैयाँ सावाँ र ब्याज भुक्तानी गरेको छ ।

सरकारको कुल ऋण १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँलाई अहिलेको नेपालको जनसङ्ख्या तीन करोड २२ लाख एक हजार सात सय पाँच जनाले भाग गर्दा हरेक नेपालीको भागमा ४६ हजार तीन सय ५४ रुपैयाँ ऋण पर्न आउँछ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ६ : ५१ बजे

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय