विवाह बन्धनमा बाँधिए वरुण–नताशा « Khabarhub

विवाह बन्धनमा बाँधिए वरुण–नताशा


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– पछिल्लो केही दिनदेखि बलिउड अभिनेता वरुण धवन र उनको स्कुल जीवनदेखिकै प्रेमिका नताशा दलालबीचको विवाहको चर्चाले आइतबारबाट बिराम पाएको छ । यो जोडीले आइतबार विवाह गरेका छन् । उनीहरुले मुम्बई नजिकै रहेको अलीबागको मेन्सन हाउसमा विवाह गरेका हुन् ।

वरुणका फ्यानलाई वरुणको विवाहको तस्वीर हेर्न कौतुहलता जागिरहँदा अभिनेता आफैंले नताशासँगको एक तस्वीर सामाजिक सन्जालमा राखेका छन् ।

तस्वीरमा दुवैजनाले मण्डपमा सात फेरा लगाएको देख्न सकिन्छ । उनीहरुको वैवाहिक तस्वीर सामाजिक सन्जालमा भाइरल बनिरहेको छ । यो जोडीलाई दीपिका पादुकोण, नेहा धुपिया, मनीष पल, नुसरत भरूचा, अनुष्का शर्मा, अनिल कपूर, आयुष्मान खुराना, रणवीर सिंह, श्रद्धा कपूर, कपिल शर्मालगायतका कलाकारले बधाई दिएका छन् ।

उनीहरुको विवाहमा केही विशेष मान्छेलाई मात्र निमन्त्रणा गरिएको थियो । जसमा निर्माता तथा निर्देशक करण जोहर र फेसन डिजाइनर मनीष मल्होत्रा प्रमुख थिए । विवाहमा उनीहरु दुई बाहेक कोही पनि चर्चित स्टार देखिएनन् । उनीहरुले आयोजना गर्न लागेको रिसेप्सनमा बलिउडका ठूला स्टारको उपस्थिति हुने जनाइएको छ । उनीरुले आगामी फेब्रुअरी २ मा मुम्बईको एक पाँच तार होटलमा रिसेप्सन राखेका छन् ।

वरुण र नताशाको प्रेम निकै पुरानो प्रेम हो । वरुणले आफ्नो स्कुल समयदेखि नै नताशालाई मनपराएका थिए । पहिला उनीहरु साथी थिए, पछि मात्र डेटिङ शुरु गरे । एक अन्तरवार्तामा वरुणले नताशाले आफ्नो प्रेम प्रस्ताव तीन पटक अस्वीकार गरेको खुलासा गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १० : ३४ बजे

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।