मतदाता नामावली अद्यावधिक गर्ने विषयमा छलफल « Khabarhub

मतदाता नामावली अद्यावधिक गर्ने विषयमा छलफल


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय काठमाडौं निर्वाचनका तयारीमा जुटेको छ।

निर्वाचनलाई प्रभावकारी बनाउनका लागि कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्बन्धी सरोकारवालासंग सोमबार छलफल गरेको छ ।

कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र हरेक मतदानस्थलको स्थलगत अनुगमनको काम अघि बढेको जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईले जानकारी दिए ।

माघ १५ सम्म कार्यक्रमको सूचना तथा मतदाता नामावली प्रकाशन गर्ने, माघ १७ गतेस्म्म त्रुटि सच्चाउन सकिने, नाममा दावी विरोध गर्न सकिने लगाएतका कामको थालनी सूची बनाएर नै गरिएको उनले बताए ।

त्यस्तै मतदाता नामावली थप्ने हटाउने, जिल्लामा अद्यावधिक गरिएको डाटा आयोगमा पठाउने कार्य फाल्गुन दुई गते सम्म सकिने भट्टराईले बताए ।

त्यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले निर्वाचनको तयारी काठमाडौंको सवै स्थानीय तहमा प्रभावकारी रुपमा गर्ने बताए ।

सरकारले वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसंगै मुलुकका सवै जिल्लामा नामावली अध्यावधीक गर्ने कार्य भइरहेको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ९ : ४७ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी