मुलुकभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा बाक्लो हुस्सु « Khabarhub

मुलुकभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा बाक्लो हुस्सु


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर आज पनि पश्चिमी वायुको सामान्य प्रभाव परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईमा भने बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । बाँकी भू-भागको  मौसम सामान्यतय सफा रहेको छ ।

आज दिउँसो गण्डकी प्रदेश र प्रदेश न. १ का उच्चपहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज विहान काठमाण्डौको न्यूनतम २ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । सोमबार काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस थियो ।

गत पुस १६ गते काठमाण्डौको तापक्रम ० दशमलव ८  डिग्री सेल्सियसमा झरेको थियो । त्यसयता बिस्तारै न्यूनतम तापक्रम बढ्दै गएकोमा केही दिनयता फेरि घट्न थालेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको तीनको मौसम पूर्वानुमान वुलेटिनमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ १३ गते (मंगलबार)

दिउँसो :  देशका प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही  उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति :  प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १४ गते (बुधबार)

दिउँसो  प्रदेश न. १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू-भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ ।

राति : प्रदेश न. १, बागमती प्रदेश, गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १५ गते (बिहिबार)

दिउँसो  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू-भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ।

राति : प्रदेश न. १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ७ : ३० बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग