यस्तो छ हरर फिल्म ‘कठपुतली’ को फस्ट लूक | Khabarhub Khabarhub

यस्तो छ हरर फिल्म ‘कठपुतली’ को फस्ट लूक


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- हरर जानरामा निर्माण गरिएको चलचित्र ‘कठपुतली’को फस्ट लुक सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मको बिम्ब झल्काउने फस्ट लूक बुधवार सार्वजनिक गरेको हो ।

कुनै एक समयमा एक राज्यमा शासन गर्ने राजा र उनको दरबार वरिपरि रहेर तयार पारिएको कथा हरर र काल्पनिक भएको बताइएको छ ।

फिल्मलाई मौलिक कथामा रहेर तयार पारिएको हरर फिल्म भनिएको छ । फिल्मकी कार्यकारी निर्माता सम्पदा मल्लले यो फिल्म अहिले हेर्दै आइरहेका फिल्मभन्दा फरक भएको जानकारी गराइन् ।

फिल्मको निर्देशन भीमसेन लामाले गरेका हुन् । यसअघि उनले लघु चलचित्र निर्माण गरेर चर्चा कमाएका थिए । निर्देशक लामाले यो फिल्मलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भएको बताए । गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतका अन्य कलाकारहरुको शीर्ष भूमिका रहेको यो फिल्मको यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको बताइएको छ । पोस्ट प्रोडक्सनको काम लण्डनमा भइरहेको छ ।

फिल्मलाई प्राविधिक रुपमा पनि बलियो बनाउन खोजेको बताइएको छ ।

यो फिल्मलाई पृथ्बी राना मगर र ईश्वर राईले निर्माण गरेका हुन् । फिल्मको प्रदर्शन यसै वर्ष हुने निर्माण टिमले जानकारी गराएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ११ : २६ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो