८० वर्षीया वृद्धाको ३५ वर्षे पुरुषसँग विवाह ! बोल्न छाडे नातिनातिना | Khabarhub Khabarhub

८० वर्षीया वृद्धाको ३५ वर्षे पुरुषसँग विवाह ! बोल्न छाडे नातिनातिना


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनाइ नै छ, प्रेम अन्धो हुन्छ । प्रेममा उमेर, जातपात, धर्म, धनी गरिब, कालो गोरो केहीले असर पार्दैन । प्रेमले कुनै पनि बन्देज तोड्न सक्छ । यसैको पछिल्लो उदाहरण बनेको छ, बेलायतको एक विवाह । जहाँ ८० वर्षीया एक वृद्धाले आफूभन्दा ४५ वर्षकान्छा अर्थात ३५ वर्षीय युवकसँग विवाह गरेकी छन् ।

बेलायत निवासी आइरिस जोन्स नामक वृद्धा महिलाको इजिप्ट निवासी ३५ वर्षीय युवक मोहम्मद इब्राहिमसँग फेसबुकबाट चिनजान भयो । दुबैमा घण्टौसम्म कुराकानी हुन थाल्यो । लामो समयदेखिको कुराकानीपछि इब्राहिमले आइरिसलाई प्रेमको प्रस्ताव राखे । यसैबीच आइरिस इब्राहिमलाई भेट्न इजिप्ट पुगिन् ।

भेटपछि अन्ततः आइरिस र इब्राहिमले गोप्य रुपमा विवाह गरे । विवाहपछि धेरैले इब्राहिमले आइरिससँग धनसम्पतीकालागी विवाह गरेको टिप्पणी गरेका छन् । तर इब्राहिमले भने उनले आइरिसलाई धनकालागी नभई प्रेमले नै विवाह गरेको बताएका छन् । आइरिसले श्रीमान इब्राहिमको धर्म मुस्लिम धर्म स्वीकार गरेकी छन् । यी दुबैको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।

विवाहपछि आइरिस एक रियालीटी शोमा समेत भाग लिएकी थिइन् । जहाँ उनले आफ्नो यौन जीवनका बारेमा खुलेर कुरा गरिन । उनका अनुसार हनीमुनपछि उनका छोराछोरी र नातीनातीनाले उनसँग कुराकानी गर्न बन्द गरेका छन् । आजकल आइरिस आफ्नो श्रीमान इब्राहिमको साथमा इजिप्टमा बस्दै आएकी छन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १० : २५ बजे

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर– सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं– आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५

नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी

काठमाडौं– सरकारले काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै

पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङकी ६५ वर्षीय नरिमाया गर्बुजा गुरुङलाई

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं– रौतहटको चन्द्रपुर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेटसहित