सरकार, नागरिक समाजसँग क्षमा माग– शेखर कोइराला | Khabarhub Khabarhub

सरकार, नागरिक समाजसँग क्षमा माग– शेखर कोइराला


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रतिगमनविरुद्धको शान्तिपूर्ण प्रदर्शनका क्रममा नागरिक समाजमाथिको दमनका लागि माफी माग्न सरकारलाई आग्रह गरेका छन्।

नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताप्रति गरेको अपराधबाट पशुपतिनाथ मन्दिरमा पूजा गर्दैमा उन्मुक्ति नपाउने टिप्पणी गरेका छन्।

संसद् विघटन गराएका प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा सवा लाख दीप प्रज्वलन गर्दै विशेष पूजा गरेकै दिन सोमबार दिउँसो शान्तिपूर्ण आन्दोलन गरिरहेका नागरिक अभियन्ताविरुद्ध प्रहरीले पानीको फोहरा र लाठी बर्साएको थियो। जसबाट १२ जनाभन्दा बढी नागरिक अगुवा घाइते भएका छन्। उपचार जारी छ।

यसैलाई इंगित गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।

‘देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिक समाजमाथि बर्बरताको निन्दा र भत्र्सना जति गरे पनि पुग्दैन,’ नेता कोइरालाले लेखेका छन्, ‘त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पूजाबाट सम्भव छ न त कम्युनिस्ट शब्दकोशको आत्मालोचनाबाट नै।’

उनले भनेका छन्, ‘सरकार, नागरिक समाजसँग क्षमा माग।’

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : ३१ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : घरेलु टोली कास्कीको लगातार दोस्रो जित

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष

भारतीय विमान दुर्घटनामा ज्यान गुमाएका २०० भन्दा बढीको सनाखत

अहमदाबाद – एयर इन्डियाको विमान दुर्घटनामा परी ज्यान गुमाएका कम्तीमा

संसदीय अभ्यास : रास्वपालाई सिकाउने कि सिक्ने ?

काठमाडौं– गत निर्वाचन (०७९) बाट नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र

सिन्धुपाल्चोकको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कमजोर

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक र सोको

आजका समाचार : नेपालमा एमसीसी नरोकिने, दीपक मनाङेको सांसद पद खारेज र अमेरिकासामु आत्मसमर्पण गर्न मानेन इरान

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाईप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी