लताले ‘ए मेरे वतन’ गाउदा भावुक भएका थिए नेहरु | Khabarhub Khabarhub

लताले ‘ए मेरे वतन’ गाउदा भावुक भएका थिए नेहरु


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– भारतमा मंगलबार गणतन्त्र दिवस मनाइँदैछ । यो परिप्रेक्ष्यमा भारतकी ‘स्वर कोकिला’ लता मंगेशकरले सन् १९६३ मा गणतन्त्र दिवसको दिन आफूलाई गीत ‘ए मेरे वतन के लोगों’ गाउने अफर आएको क्षणलाई स्मरण गरेकी छन् ।

लताका अनुसार शुरुमा उनले यो गीत गाउन अस्वीकार गरेकी थिइन् । किनकी उनीसँग रिहल्सलका लागि समय थिएन ।

यद्यपि, जब उनले गीत गाइन्, यो गीत सुनेर तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुको आँखामा आँशु भएको थियो । यो गीत यति चर्चित भयो कि लताले आफ्नो जुनसुकै शो या कन्सर्टमा अनिवार्य गाउनुपथ्र्यो ।

यो गीतका लेखक कवि प्रदीप हुन् । उनले नै २६ जनवरी १९६३ मा लतालाई गणतन्त्र दिवसको दिन गीत गाउन अनुरोध गरेका थिए । शुरुमा त उनी यो गीत गाउन तयार थिइनन्, किनकी त्यो समयमा उनी २४ घण्टा काममा व्यस्त थिइन् । त्यहीकारण पनि एक गीतका लागि विशेष चासो दिन उनका लागि सम्भव थिएन ।

तर प्रदीपले उनलाई बहिनी आशाका साथ मिलेर गीत गाउन तयार बनाए । तर कार्यक्रमका लागि दिल्ली जानु केही दिन अघि आशाले दिल्ली जान अस्वीकार गरिन् । आशालाई लता र ‘ए मेरे वतन के लोगों’लाई अर्केस्ट्रेटेड गर्ने संगीतकार हेमन्त कुमारले सम्झाउन खोजे पनि उनी मानिनन् । जसकारण लता एक्लैले यो गीत गाउनुपर्यो ।

No description available.

‘म आफ्नो मिल्ने साथी नलिनी म्हात्रेसँग थिएँ । राती जब हामी दिल्ली पुग्यौं, मेरो पेट दुख्न थाल्यो । मैले नलिनीलाई ‘यस्तो अवस्थामा कसरी गाउन सक्छु’ भनेर सोध्दा उनले ‘चिन्ता नगर्नु सबै ठिक हुन्छ’ भनिन् । हामी २७ जनवरीमा कार्यक्रमस्थल पुग्यौं । मैले ‘अल्लाह तेरो नाम’ र ‘ए मेरे वतन के लोगों’ गाएँ’, लताले भनेकी छन् ।

गीत गाएपछि आराम गर्नका लागि लता स्टेज पछाडि गइन् । उनलाई महबुब खानले हात समातेर नेहरुलाई भेट्न लगे । तर आफूलाई नेहरुले किन बोलाए भन्नेमा उनी अन्योलमा थिइन् । ‘तपाईंले गाएको सुनेर मेरो आँखामा आँशु आयो’ नेहरुले यसो भनिरहँदा लता खुशीले पुलकित भइन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ३ : ०८ बजे

म्याग्दी कारागारबाट भागेका ६२ जना कैदीबन्दी फर्किए

म्याग्दी– म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६२ जना कैदीबन्दीलाई प्रहरीले

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं– बागलुङको ताराखोला गाउँपालिका-१ स्थित गोठभित्र सोही गाउँपालिका-५ सानो औलादी बस्ने ४०

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित केही नेताहरूले अध्यक्ष डा. सीके

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण

काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा

सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार