प्रधानमन्त्रीविरूद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता « Khabarhub

प्रधानमन्त्रीविरूद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री विरुद्ध अवहेलनाको मुद्दा सर्वोच्चमा पेश गरेका थिए।

आचार्यले माघ ११ गते पेश गरेको मुद्दा आज सर्वोच्चमा दर्ता भएको हो ।

त्यस्तै, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अवहेलनाको मुद्दा पेश गरेका थिए।

२०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध उनले मुद्दा हालेका हुन्।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेका थिए।

अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको हो।

‘खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेको शब्द लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अवहेलना भएकाले उहाँलाई अवहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध छ’, निवेदनमा भनिएको छ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ३ : १९ बजे

बागमती गोल्डकप : उपाधिका लागि चित्लाङ र बागमती युवा क्लब भिड्ने

मकवानपुर– आठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज– द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा आउने

कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै

मुुस्ताङ– उत्तरी कोरलानाका क्षेत्रमा शुक्रबार खानेपानी बोरिङ योजनाको शिलान्यास गरिएको

सोमबारदेखि आठौँ भाषा प्रशिक्षण सुरु हुने

काठमाडौँ– पर्यटन व्यवसायीलाई लक्षित गर्दै आठौँ चिनियाँ भाषा कक्षा सोमबारदेखि

बिरामीको संख्या बढ्दा रगतको माग उच्च

झापा– नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा