आर्मीविरुद्धको खेलमा एपीएफ विजयी  « Khabarhub

आर्मीविरुद्धको खेलमा एपीएफ विजयी 


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राष्ट्रिय महिला लिगमा विजयी यात्रा कायमै राखेको छ।

मंगलबार आफ्नो तेस्रो खेल खेलेको एपीएफले अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई पराजित गरेको हो।

सातदोबाटोस्थित एन्फा मैदानमा एपीएफले आर्मीलाई २-० गोल अन्तरले पराजित गरेको हो।

एपीएफो जितका लागि अन्जली योन्जन र सरु लिम्बूले गोल गरिन्।  अन्जलीले खेलको २७ औँ मिनेटमा गोल गरिन् भने सरुले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमलाई २-० गोलको अग्रता दिलाएकी हुन्।

महिला लिगमा एपीएफ र आर्मीबीचको खेल ‘भाइटल’ खेलका रुपमा लिइन्छ। यी दुवै टोलीमा राष्ट्रिय टोलीका खेलाडीको वर्चश्व समेत रहेको छ।

एपीएफमा नेपालकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी छन् भने आर्मीको मिडफिल्ड सम्हाली रहेकी दिपा राई राष्ट्रिय टोलीकी नियमित सदस्य हुन्।

दोस्रो हाफमा आर्मीले राम्रो खेले पनि गोल फर्काउन नसक्दा लिगमा पहिलो हार व्यहोरेको छ। यसअघिका दुई खेलमा लगातार ह्याट्रिक गरेकी सावित्रा भण्डारीले भने आर्मीविरुद्व गोल गर्न सकिनन्।

लिगमा लगातार तेस्रो जित हात पारेको एपीएफ ९ अंकसहित शीर्ष स्थानमा छ भने पराजित आर्मीले ३ खेलबाट ४ अंक जोडेको छ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ४ : ३६ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

चिकित्सक संघको निर्वाचन सुरु, तीन प्यानलबीच कडा प्रतिस्पर्धा

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि आजदेखि

खण्डहर कारखाना ब्युँझाएर स्वाधीन अर्थतन्त्र थालौँ

कुनै समय थियो– जब काठमाडौँको बालाजु यन्त्रशालाले निर्माण गरेका जलविद्युत्

एउटै स्टारलाई दर्शकले कति हेर्लान् ?

काठमाडौं –  मुख्यतः नेपालमा तीन प्रकारका फिल्मले ओपनिङ राम्रो गरेको

सिरहामा सार्वजनिक सवारीसाधनमा सीसीटिभी अनिवार्य 

सिरहा– जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै