संसद पुनर्स्थापना माग्दै सडकमा आन्दोलन गर्नुको औचित्य छैन : अर्थमन्त्री पौडेल « Khabarhub

संसद पुनर्स्थापना माग्दै सडकमा आन्दोलन गर्नुको औचित्य छैन : अर्थमन्त्री पौडेल


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको जनाएका छन ।

मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेकाले प्रतिनिधि सभा पुनर्स्थापनाको माग सहित सडक आन्दोलन गर्नुको औचित्य नभएको बताएका हुन ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा प्रेस संगठन नेपालले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘कतिपयलाई अझै पनि संसद पुनर्स्थापना हुन्छ कि भन्ने भ्रम होला, संविधान बमोजिम नै संसद विघटन भएकाले पुनर्स्थापना हुँदैन बरु चुनावको तयारीमा जुट्नुस ।’

उनले संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले अदालतको फैसलालाई सम्मान बताए ।

‘वैशाख १७ र २७ गते नै निर्वाचन हुन्छ, यसका लागि कसैले भ्रम पाल्नु जरूरी छैन’,उनले भने।

सरकारले प्रतिनिधि सभा विघटन गरिसकेपछि यो विषयमा सर्वोच्चमा पुगिसकेको हुँदा पुनर्स्थापनाका लागि सडकमा आन्दोलन गर्नुको औचित्य नहुने बताए ।

उनले निर्वाचन आयोगले चुनावको तयारी अगाडि बढाएको र सुरक्षा निकायले पनि तयारी थालेको भन्दै अब निर्वाचन रोक्ने तागत कसैसँग नरहेको बताए।

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ७ : ४६ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग