संसद पुनर्स्थापना माग्दै सडकमा आन्दोलन गर्नुको औचित्य छैन : अर्थमन्त्री पौडेल « Khabarhub

संसद पुनर्स्थापना माग्दै सडकमा आन्दोलन गर्नुको औचित्य छैन : अर्थमन्त्री पौडेल


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको जनाएका छन ।

मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेकाले प्रतिनिधि सभा पुनर्स्थापनाको माग सहित सडक आन्दोलन गर्नुको औचित्य नभएको बताएका हुन ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा प्रेस संगठन नेपालले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘कतिपयलाई अझै पनि संसद पुनर्स्थापना हुन्छ कि भन्ने भ्रम होला, संविधान बमोजिम नै संसद विघटन भएकाले पुनर्स्थापना हुँदैन बरु चुनावको तयारीमा जुट्नुस ।’

उनले संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले अदालतको फैसलालाई सम्मान बताए ।

‘वैशाख १७ र २७ गते नै निर्वाचन हुन्छ, यसका लागि कसैले भ्रम पाल्नु जरूरी छैन’,उनले भने।

सरकारले प्रतिनिधि सभा विघटन गरिसकेपछि यो विषयमा सर्वोच्चमा पुगिसकेको हुँदा पुनर्स्थापनाका लागि सडकमा आन्दोलन गर्नुको औचित्य नहुने बताए ।

उनले निर्वाचन आयोगले चुनावको तयारी अगाडि बढाएको र सुरक्षा निकायले पनि तयारी थालेको भन्दै अब निर्वाचन रोक्ने तागत कसैसँग नरहेको बताए।

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ७ : ४६ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको