कांग्रेसका पूर्वकोषाध्यक्ष ताम्राकारको शव पार्टी कार्यालयमा, आजै अन्त्येष्टि « Khabarhub

कांग्रेसका पूर्वकोषाध्यक्ष ताम्राकारको शव पार्टी कार्यालयमा, आजै अन्त्येष्टि


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको आज अन्त्येष्टि गरिँदैछ ।

पूर्वस्वास्थ्य र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका ताम्राकारको मंगलबार दिउँसो ३ः४५ बजे ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

स्व नेता ताम्राकारको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज(मंगलबार) बिहान १०ः३० देखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । ताम्राकारको पार्थिव शरीरमा पार्टी सभापति शेरहबहादुर देउवाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जिली व्यक्त गरेका छन् । त्यस्तै कांग्रेसका नेता कार्यकर्ताहरु श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय पुगेका छन् ।

स्वर्गिय ताम्राकारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकले दिवङ्गत नेता ताम्राकारप्रति उच्च सम्मान प्रकट गर्दै वैशाख ११, १२ र १३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलिका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ ।

त्यस्तै वैशाख ११ गते बुधबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने, १३औँ दिनमा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १२ : ०० बजे

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको