कांग्रेसका पूर्वकोषाध्यक्ष ताम्राकारको शव पार्टी कार्यालयमा, आजै अन्त्येष्टि « Khabarhub

कांग्रेसका पूर्वकोषाध्यक्ष ताम्राकारको शव पार्टी कार्यालयमा, आजै अन्त्येष्टि


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको आज अन्त्येष्टि गरिँदैछ ।

पूर्वस्वास्थ्य र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका ताम्राकारको मंगलबार दिउँसो ३ः४५ बजे ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

स्व नेता ताम्राकारको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज(मंगलबार) बिहान १०ः३० देखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । ताम्राकारको पार्थिव शरीरमा पार्टी सभापति शेरहबहादुर देउवाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जिली व्यक्त गरेका छन् । त्यस्तै कांग्रेसका नेता कार्यकर्ताहरु श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय पुगेका छन् ।

स्वर्गिय ताम्राकारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकले दिवङ्गत नेता ताम्राकारप्रति उच्च सम्मान प्रकट गर्दै वैशाख ११, १२ र १३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलिका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ ।

त्यस्तै वैशाख ११ गते बुधबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने, १३औँ दिनमा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १२ : ०० बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका