विचाराधीन मुद्दा प्रभाव पार्न खोजेको भन्दै चार पूर्वप्रधानन्याधीशविरूद्ध सर्वोच्चमा मुद्दा « Khabarhub

विचाराधीन मुद्दा प्रभाव पार्न खोजेको भन्दै चार पूर्वप्रधानन्याधीशविरूद्ध सर्वोच्चमा मुद्दा


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विचाराधीन मुद्दा प्रभाव पार्न खोजेको भन्दै सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

मंगलबार रित नपुगेर दर्ता नभएको निवेदन बुधवार अदालत खुलेलगत्तै दर्ता भएको हो । अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीमाथि अवहेलना मुद्दा चलाउन माग गर्दै निवेदन दिएका हुन् ।

चार पूर्वप्रधानन्यायाधीशले केही दिनअघि संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ भइरहेका बेला त्यसलाई प्रभावित पार्ने गरी अदालतलाई दबाब दिन विज्ञप्ति निकालेको आरोप लगाइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १२ : ५० बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको