झापामा कोरोनाविरूको पहिलो खोप डाक्टरलाई « Khabarhub

झापामा कोरोनाविरूको पहिलो खोप डाक्टरलाई


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोरोना भाईरसविरूद्धको कोभिशिल्ड खोप लगाउने क्रम झापामा पनि सुरू भएको छ । बुधबार देशैभर एकसाथ सुरू भएको खोप लगाउने अभियान अन्तर्गत झापाका दुई ठाउँबाट एक साथ कार्यक्रम सुरू गरिएको छ ।

भद्रपुरमा आयोजित कार्यक्रममा मेची प्रादेशिक अस्पतालका डाक्टर मनिस सुवेदी र दमक २ को कोभिड अस्पतालमा आयोजित कार्यक्रममा दमकस्थित आम्दा अस्पतालका डाक्टर नवीन ढकालले पहिलो खोप लगाएका हुन् ।

झापाको कन्काई पश्चिमी भुगोलमा रहेको खोप पाउने सुचीमा रहेकाहरुलाई दमकमा खोप लगाईने नगरपालिका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराईले जानकारी दिए ।

खोप शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल, दमक नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, राजनीतिक अगुवा शेरबहादुर भट्टराई लगायतले कोरोनाविरूद्धको लडाइमा अग्रभागमा खटिनेहरुलाई खोपमा अग्राधिकार दिएर राज्यले उनीहरु प्रति सम्मान गरेको बताएका थिए ।

झापाको अवस्था
झापामा पहिलो चरणमा २७ हजार जनालाई खोप लगाउनु पर्ने देखिएको छ । तर खोपको सीमितताका कारण ती मध्ये पनि १० हजार जनाले मात्र पहिलो चरणमा खोप पाउने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कार्यालयका फोकल पर्सन जीवन चौलागाँईका अनुसार बाँकीलाई चरणवद्ध रुपमा खोप लगाईने छ । पहिलो चरणमा खोप पाउनेहरुमा कोरोना महामारी नियन्त्रणका लागि अग्रभागमा खटिने स्वास्थ्यकर्मी, अग्रभागमा खटिएका र खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायत छन् । झापाका सरकारी अस्पतालमार्फत खोप लगाउन सुरू गर्ने तयारी छ ।

पछिल्लो तथ्याङ्क अनुसार झापामा १२६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ४ हजार ५ सय ९३ जना संक्रमित भएको झापामा ४ हजार ३ सय ९५ जना संक्रमणमुक्त भएका छन् । ३५ हजार ९ सय ८४ जनाको पीसीआर परीक्षण गराईएको झापामा ७२ जना सक्रिय संक्रमित आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  २ : २६ बजे

घरमै राहदानी पुर्‍याउन तयार छन् ‘हल्कारा’

महेन्द्रनगर– दश दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक

मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ

काठमाडौँ– पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज

स्रोत नखुलेको भारतीय मुद्रासहित दुईजना पक्राउ

नेपालगन्ज– बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित दुई

मुस्ताङ : हिमाल, संस्कृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य (तस्बिरहरू)

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङ पछिल्लो समय नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका

सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई