एएफसी कप प्लेअफमा आर्मीले श्रीलंकाको सामाना गर्ने « Khabarhub

एएफसी कप प्लेअफमा आर्मीले श्रीलंकाको सामाना गर्ने


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ को छनोट अन्तर्गत दक्षिण एसियाली प्लेअफको पहिलो चरणमा श्रीलंकन टोलीको सामना गर्ने भएको छ ।

बुधबार एसियाली फुटबल कन्फिडेरेसन (एएफसी) ले खेल तालिका सार्वजनिक गरेको हो । जसमा आर्मीले श्रीलंकाको पुलिस क्लबसँग खेल्नेछ ।

यो प्लेअफको विजेता बन्ने टोली एएफसी कपको मुख्य खेल तालिकाको समूह डी मा रहनेछ । आर्मीले केही समयअघि मात्र एएफसीको क्लब लाइसेन्स प्राप्त गरेकोले एएफसीको प्रतियोगिता खेल्न अनुमति दिएको हो ।

गत वर्ष भएको शहीद स्मारक ए डिभिजन लिगमा आर्मी उपविजेता बनेको थियो । मछिन्द्रले उपाधि जिते पनि आर्मी क्लब लाइसेन्स पाउने पहिलो क्लब बनेपछि यो अवसर पाएको हो ।

प्लेअफबाट मुख्य प्रतियोगितामा पुग्न आर्मीले तीन खेल जित्नुपर्नेछ । जसअनुसार पहिलो चरणमा आर्मीले अप्रिल ७ तारिखमा श्रीलंका पुलिसको सामना गर्नेछ ।

यस्तै खेल जित्ने टोलीले दोस्रो खेल भारतको बेंगलुरु फुटबल क्लबसंग अप्रिल १४ मा खेल्नेछ । यस खेलको विजेताले अर्को पोलबाट आउने टोलीसंग प्लेअफ फाइनल खेल्नेछ ।

प्लेअफको अर्को पोलमा माल्दिभ्सको क्लब इगल्स र भुटानको थिम्पु सिटी खेल्नेछन् । उक्त खेलको विजेताले बंगलादेशको अबहानी लिमिटेड ढाकासँग खेल्नेछ र विजेता प्लेअफ फाइनलमा पुग्नेछ ।

प्लेअफ फाइनल खेल अप्रिल २१ मा हुनेछ । खेल हुने स्थान भने टुङ्गो लागेको छैन ।

यस प्लेअफ जित्ने टिमसंगै समूह डी मा दक्षिण एसियाकै क्लब हुनेछन् । समूह डीमा भारतको एटिके मोहन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया छन् ।

एएफसी कप २०२१ को समूह चरणका खेलहरु १४ मे देखि सुरु हुनेछ । यो पटक नेपालबाट एएफसी क्लब लाइसेन्स आर्मीले मात्रै पाएकाले उसले यो प्रतियोगिता खेल्न लागेको हो ।

यसअघि लिग च्याम्पियनले एएफसी कप खेल्दै आएको थियो ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ९ : २२ बजे

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न