नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले बोलायो « Khabarhub

नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले बोलायो


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई छलफलको लागि बोलाएको छ।

आयोगले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी छलफल गर्न बोलाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन तयारी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा ओली र प्रचण्डसँग छलफल हुनेछ ।

छलफलका लागि शुक्रबार बिहान साढे ११ बजे दुवै पक्षका अध्यक्षले तोकेका आधिकारिक पाँच /पाँच जना व्यक्तिलाई बोलाइको प्रवक्ता श्रेष्ठले बताए।

नेकपाका दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै आयोगमा पेस गरेको विवरण अस्वीकार गर्दै निर्वाचन आयोगले ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने निर्णय गरेको थियो।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ३ : ०३ बजे

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल

समानुपातिक सांसदहरूलाई प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित