बडीगार्डसँग पामेलाको पाँचौं विवाह « Khabarhub

बडीगार्डसँग पामेलाको पाँचौं विवाह


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स – हलिउडकी प्रख्यात अभिनेत्री र मोडल पामेला एन्डरसन पुनः एकपटक आफ्नो विवाहका कारण चर्चामा छिन् । उनले पाँचौं पटक विवाह गरेपछि चर्चा चुलिएको हो । पामेलाले आफ्ना बडीगार्ड डेन हेहसर्टसँग विवाह गरेकी हुन् ।

पामेलाले हालैमात्र डेली मेललाई अन्तरवार्ता दिएकी थिइन् । जुन अन्तरवार्तामा उनले आफ्नो जीवनसँग जोडिएका अनेक कुरा खुलाएकी थिइन् ।

उनले अन्तरवार्तामा पाँचौं पति डेनसँग लकडाउनको समयमा प्रेम गरेको र त्यसपछि विवाह गर्ने निर्णय लिएको खुलाएकी छन् ।

‘म प्रेममा थिएँ र हामीले क्रिसमसको बेलुका विवाह गर्‍यौं । हामीलाई दुवै परिवारको आशिवार्द पनि मिलेको छ । सबैजना हाम्रो विवाहलाई लिएर खुशी छन् । मेरो २५ वर्ष अघि किनेको वृद्ध पुस्ताको सम्पत्तिमा विवाह भएको हो । यो त्यही स्थान हो, जहाँ मेरा आमाबाबुले विवाह गरेका थिए ।’ उनले भनेकी छन् ।

कोरोना महामारीको कारण जनाउदै उनले आफ्नो विवाहमा कोही पनि पाहुनालाई बोलाइनन् । यसअघि उनले हेयरड्रेसर जोन पीटर्ससँग विवाह गरेकी थिइन् । उनको यो विवाह १२ दिन पछि तोडिएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १० : ४४ बजे

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य