विवाद निरुपण नगरी दल दर्ता सूचना जारी कसरी व्यावहारिक हुन्छ : नेता पाण्डे | Khabarhub Khabarhub

विवाद निरुपण नगरी दल दर्ता सूचना जारी कसरी व्यावहारिक हुन्छ : नेता पाण्डे


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहले पार्टी दुवै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल राजनीतिक कार्यक्रमका सिलसिलामा काठमाडौँ उपत्यका बाहिर रहेकाले निर्वाचन आयोगले आजका लागि बोलाएको परामर्श बैठकमा भाग लिन नसक्ने भनी लिखित जानकारी गराएको छ ।

पार्टी नेता राजेन्द्रप्रसाद पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान आज बिहान आयोगमा पुगेर दुवै अध्यक्ष पूर्वनिर्धारित कार्यक्रममा भाग लिने सन्दर्भमा उपत्यका बाहिर राजनीतिक कार्यक्रममा आइतबारसम्म व्यस्त रहनेभएकाले छलफलमा भाग लिन नसक्ने अवगत गराएका हुन् ।

आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म भएको तयारी र राजनीतिक दल दर्ता सम्बन्धमा छलफल गर्न नेकपाका नेताहरुलाई बोलाएको थियो ।

सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने घोषणा गरेको छ । निर्वाचन र प्रतिनिधिसभा भङ्ग भएका विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथि अझै पनि सुनुवाइका क्रममा बहस चलिरहेको छ ।

आयोगले नेकपाका दुवै पक्षलाई निर्वाचनको तयारी र दल दर्ताका विषयमा छलफल गर्न अध्यक्ष वा अध्यक्षले तोकेका प्रतिनिधि तथा कानून र निर्वाचन हेर्ने प्रतिनिधिलाई आमन्त्रण गरेको थियो ।

पत्र हस्तान्तरणपछि नेता पाण्डेले आफूहरुले समन्वय गरिरहे तापनि उपत्यकाबाहिर भएकाले अध्यक्षसँग परामर्श गर्न नपाएका कारण प्रतिनिधि तोक्न नभ्याएको व्यहोरा आयोगलाई लिखितरुपमै जानकारी गराइएको बताए ।

आइतबारपछि आयोगले बोलाएका खण्डमा दुवै अध्यक्षले आफैँ उपस्थित भएर छलफलमा सहभागी हुने सन्देश पठाएको जानकारी दिँदै नेता पाण्डेले भने, “नेकपा दुई पक्ष भएको छ, विवादित विषयको निरुपण नगरी दल दर्ता सूचना जारी गर्ने कुरा कसरी व्यावहारिक हुन्छ र ?”

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ३ : १० बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्यमा गिरावट देखिएको छ । साताको तेस्रो

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी

भोजपुर- षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा

घोराहीको नीति तथा कार्यक्रम : गौरव बढाउने आयोजनालाई प्राथमिकता

दाङ– दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८२–८३ का

सडक स्तरोन्नति गर्न युवाहरूको माग

पाल्पा– पाल्पाकाे निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका