विवाद निरुपण नगरी दल दर्ता सूचना जारी कसरी व्यावहारिक हुन्छ : नेता पाण्डे « Khabarhub

विवाद निरुपण नगरी दल दर्ता सूचना जारी कसरी व्यावहारिक हुन्छ : नेता पाण्डे


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहले पार्टी दुवै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल राजनीतिक कार्यक्रमका सिलसिलामा काठमाडौँ उपत्यका बाहिर रहेकाले निर्वाचन आयोगले आजका लागि बोलाएको परामर्श बैठकमा भाग लिन नसक्ने भनी लिखित जानकारी गराएको छ ।

पार्टी नेता राजेन्द्रप्रसाद पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान आज बिहान आयोगमा पुगेर दुवै अध्यक्ष पूर्वनिर्धारित कार्यक्रममा भाग लिने सन्दर्भमा उपत्यका बाहिर राजनीतिक कार्यक्रममा आइतबारसम्म व्यस्त रहनेभएकाले छलफलमा भाग लिन नसक्ने अवगत गराएका हुन् ।

आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म भएको तयारी र राजनीतिक दल दर्ता सम्बन्धमा छलफल गर्न नेकपाका नेताहरुलाई बोलाएको थियो ।

सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने घोषणा गरेको छ । निर्वाचन र प्रतिनिधिसभा भङ्ग भएका विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथि अझै पनि सुनुवाइका क्रममा बहस चलिरहेको छ ।

आयोगले नेकपाका दुवै पक्षलाई निर्वाचनको तयारी र दल दर्ताका विषयमा छलफल गर्न अध्यक्ष वा अध्यक्षले तोकेका प्रतिनिधि तथा कानून र निर्वाचन हेर्ने प्रतिनिधिलाई आमन्त्रण गरेको थियो ।

पत्र हस्तान्तरणपछि नेता पाण्डेले आफूहरुले समन्वय गरिरहे तापनि उपत्यकाबाहिर भएकाले अध्यक्षसँग परामर्श गर्न नपाएका कारण प्रतिनिधि तोक्न नभ्याएको व्यहोरा आयोगलाई लिखितरुपमै जानकारी गराइएको बताए ।

आइतबारपछि आयोगले बोलाएका खण्डमा दुवै अध्यक्षले आफैँ उपस्थित भएर छलफलमा सहभागी हुने सन्देश पठाएको जानकारी दिँदै नेता पाण्डेले भने, “नेकपा दुई पक्ष भएको छ, विवादित विषयको निरुपण नगरी दल दर्ता सूचना जारी गर्ने कुरा कसरी व्यावहारिक हुन्छ र ?”

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ३ : १० बजे

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच शनिबार देखि

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको भन्सार

विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै

एजेन्सी– युरोपेली सङ्घअन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरहरूको सतही

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

 काठमाडौं– सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

गोरखा– मनास्लु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हीरक जयन्ती