ओलीले संविधान नै विघटनको अवस्थामा पुर्‍याएको नेता सिटौलाको आरोप | Khabarhub Khabarhub

ओलीले संविधान नै विघटनको अवस्थामा पुर्‍याएको नेता सिटौलाको आरोप


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रनितिधिसभा मात्र नभएर संविधान नै विघटनको अवस्थामा पुर्‍याएको आरोप लगाएका छन ।

शुक्रबार संसद विघटन विरुद्ध कांग्रेस क्षेत्र नम्बर ६ ले काठमाडौंको शान्तिबाटीकामा गरेको कार्यक्रममा सिटौलाले संसद विघटन गरेर संविधानलाई नै असफल बनाउने प्रयासमा ओली लागेको आरोप लगाए ।

उनले प्रतिनिधिसभा विघटन तानाशाही र निरकुंशता पाल्ने षड्यन्त्र भएकाले जनताको अधिकार अन्त्य हुनेतर्फ नगइ आत्मालोचना गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असफल बनाएर प्रतिनिधिसभा पुनर्स्थापना गराउनुपर्ने तर्क गरे ।

संविधानलाई गतिशील बनाउन अदालतको कल्पना गरिएको स्मरण गर्दै नेता सिटौलाले अदालतलाई क्षमता प्रकट गरेर संविधानको रक्षा गर्दै जनविश्वास बटुल्ने अवसर प्राप्त भएको समेत टिप्पणी गरे ।

कार्यक्रममा कांग्रेसका नेता गगनकुमार थापाले अदालतमा विचाराधीन भएको मुद्धामा कांग्रेस बोलेर पुस ५ गतेको संसद विघटन असंवैधानिक भनिसकेको बताए ।

उनले संविधानको पक्षमा सर्वोच्चमाथि टिप्पणी गर्दा अन्यथा लिन नहुने तर्क गरे ।

थापाले आफू दुबै संविधानसभाको सदस्य भएको उल्लेख गर्दै नेपालको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने व्यवस्था नै नगरेको तर्क गरे ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ५ : ४२ बजे

अब फोन गरेरै बाढीसम्बन्धी पूर्व सूचना दिइने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्व सूचनालाई थप

फेसबुकमा ‘मेयरका दुई/ तीनवटी श्रीमती…’ लेखेपछि शिक्षकको सरुवा

सुनसरी – फेसबुक स्टाटस लेखेकै आधारमा सुनसरीको वराहक्षेत्र नगरपालिका-८ स्थित

एक महिनामा १ अर्ब ४० करोड बढीको शेयर धितो कर्जा जारी 

काठमाडौं– एक महिनामा मात्र १ अर्ब ४० करोड बढीको शेयर

धवलशम्शेरले भने- कुनै हालतमा राप्रपालाई फुट्न दिनु हुँदैन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनलाई

रक्तदान परोपकारी हितसँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट

गण्डकी– गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदानले परोपकारी हितसँगै स्वयं