निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री श्रेष्ठ


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचन अब कसैले रोक्न नसक्ने बताएका छन ।

शुक्रबार काठमाडौं महानगरपालिका–१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको जिकीर गरे ।

अब मुलुक चुनावमय भैसकेको बताउँदै उनले यो सरकारले दर्जनौ गौरबका योजना सम्पन्न गर्दा पनि काम गर्न नसकेको आरोप लगाउनु मुर्खता भएको टिप्पणी गरे ।

उनले मुलुकलाई थप विकासको गतिमा लैजाने निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको दोहोर्‍याए । उनले देशका १ सय ६५ निर्वाचन क्षेत्रमध्य आफ्नो क्षेत्रमा विकासको लहर ल्याउन सफल भएको दाबी गरे ।

उनले करिब साढे २ वर्षको अवधीमा आफूले बलम्बुदेखि दहचोक, रामकोटदेखि भीमढुंगा लगायत सबै क्षेत्रमा विकासका दर्जनौ योजना सम्पन्न हुने कार्य भैरहेको जानकारी गराए ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ७ : १२ बजे

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल-२०२५ आयोजना गरिने

काठमाडौं– नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका

अब फोन गरेरै बाढीसम्बन्धी पूर्व सूचना दिइने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्व सूचनालाई थप

फेसबुकमा ‘मेयरका दुई/ तीनवटी श्रीमती…’ लेखेपछि शिक्षकको सरुवा

सुनसरी – फेसबुक स्टाटस लेखेकै आधारमा सुनसरीको वराहक्षेत्र नगरपालिका-८ स्थित

एक महिनामा १ अर्ब ४० करोड बढीको शेयर धितो कर्जा जारी 

काठमाडौं– एक महिनामा मात्र १ अर्ब ४० करोड बढीको शेयर

धवलशम्शेरले भने- कुनै हालतमा राप्रपालाई फुट्न दिनु हुँदैन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनलाई