थप खोप खरिदको प्रक्रिया अघि बढाइएको छ : मन्त्री त्रिपाठी « Khabarhub

थप खोप खरिदको प्रक्रिया अघि बढाइएको छ : मन्त्री त्रिपाठी


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको थप खोप खरिदको प्रक्रिया अघि बढाइएको बताएका छन।

कोरोना विरुद्धको खोप अभियानको अनुगमनका लागि नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) को पृथ्वीचन्द्र अस्पताल परासीमा पुगेका मन्त्री त्रिपाठीले पत्रकारसँग कुराकानी गर्दै खोप उत्पादक मुलुकसँग सरकारले राजनीतिक प्रयत्नमार्फत खोप खरिदको प्रक्रिया अघि बढाएको बताए ।

मुलुकका ७२ प्रतिशत नागरिक खोपका लागि योग्य रहेको उल्लेख गर्दै मन्त्री त्रिपाठीले भने, “सरकारले खोप उत्पादक मुलुकसँग सरकार–सरकार, सरकार–उत्पादक कम्पनीलगायत आधारमा खोप खरिदको प्रक्रिया अघि बढाएको छ, भारतसँग पनि हामीले खरिदकै प्रक्रिया अघि बढाएका थियौँ तर अनुदान उपलब्ध भयो ।”

पहिलो चरणमा प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकलगायत चार लाख ३० हजार अर्थात तीन प्रतिशत नागरिकलाई खोप लगाएपछि दोस्रो चरणमा ५५ वर्ष माथीका नागरिकलाई प्राथमिकता दिइने मन्त्री त्रिपाठीले जानकारी दिए ।

पहिलो चरणमा जिल्ला अस्पतालमार्फत खोप अभियान सञ्चालन गरिएपनि दोस्रो चरणमा देशभरका १६ हजार खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन गरिने उनको भनाइ थियो ।

मन्त्री त्रिपाठीले बढीभन्दा बढी सङ्ख्याले सहभागिता जनाउने गरी खोप अभियानलाई थप प्रभावकारी बनाउन निर्देशन दिए । खोप अभियानको अनुगमनमा निस्कनुभएका मन्त्री त्रिपाठीले देशभरको अभियान सन्तोषजनकरुपमा अघि बढीरहेको दाबी पनि गरे ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ९ : ५८ बजे

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच शनिबार देखि

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको भन्सार

विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै

एजेन्सी– युरोपेली सङ्घअन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरहरूको सतही

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

 काठमाडौं– सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

गोरखा– मनास्लु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हीरक जयन्ती