प्राधिकरणले निकाल्यो एक महिना विद्युत कटौती हुन सक्ने सूचना | Khabarhub Khabarhub

प्राधिकरणले निकाल्यो एक महिना विद्युत कटौती हुन सक्ने सूचना


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरले एक महिना विद्युत कटौती हुन सक्ने सूचना सार्वजनिक गरेको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालयमार्फत सार्वजनिक प्रादेशिक कार्यालय विराटनगरको लेटर हेडमा उल्लेखित सूचनामा दुहवी–खनार ३३ केभी डबल सर्किट प्रसारण लाइनको सुदृढीकरण गर्नु पर्ने भएकाले एक महिनासम्म विहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत कटौती हुन सक्ने उल्लेख गरिएको छ ।

कार्यालयका अनुसार इटहरी वितरण केन्द्रबाट वितरित विद्युत आगामी फागुन १२ गतेसम्म ९ घण्टा कटौती हुन सक्ने उल्लेख छ ।

यस्तै आज गुल्मी वितरण केन्द्रको ३३ केभी फिडर अन्तर्गतका तम्घास, पुर्कोट, धुर्कोट र इस्मा मदाने मालिका लगायतका क्षेत्रमा ११ केभी लाइन निर्माण गरिने भएपछि दुई घण्टा विद्युत कटौती हुने भएको छ ।

बिहान ११ बजेदेखि १ बजेसम्म विद्युत कटौती हुने भएकाले ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

 

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ७ : ०५ बजे

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल-२०२५ आयोजना गरिने

काठमाडौं– नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका

अब फोन गरेरै बाढीसम्बन्धी पूर्व सूचना दिइने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्व सूचनालाई थप

फेसबुकमा ‘मेयरका दुई/ तीनवटी श्रीमती…’ लेखेपछि शिक्षकको सरुवा

सुनसरी – फेसबुक स्टाटस लेखेकै आधारमा सुनसरीको वराहक्षेत्र नगरपालिका-८ स्थित

एक महिनामा १ अर्ब ४० करोड बढीको शेयर धितो कर्जा जारी 

काठमाडौं– एक महिनामा मात्र १ अर्ब ४० करोड बढीको शेयर

धवलशम्शेरले भने- कुनै हालतमा राप्रपालाई फुट्न दिनु हुँदैन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनलाई