प्रधानमन्त्री कप : टस हारेको आर्मी ब्याटिङ गर्दै | Khabarhub Khabarhub

प्रधानमन्त्री कप : टस हारेको आर्मी ब्याटिङ गर्दै


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको फाइनलमा टस जितेर सशस्त्र प्रहरी बलको एपीएफ क्लबले फिल्डिङ रोजेको छ ।

कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको खेलमा अर्को विभागीय क्बल त्रिभुवन आर्मी क्लबविरुद्ध टस जितेर एपीएफले फिल्डिङ रोजेको हो ।

टस हारेको आर्मी ब्याटिङ गर्दैछ । प्रतियोगिताको फाइनलमा आर्मीविरुद्ध एपीएफले एक खेलाडी परिवर्तन गरेको छ । सेमिफाइनलमा खेलेका सूर्य तामाङलाई आज एपीएफले किशोर महतोलाई स्थान दिएको छ ।

दुवै विभागीय टोली एकअर्काविरुद्ध जित हात पार्दै उपाधि जित्ने योजनामा छन् । आर्मी चौथो पटक फाइनल खेल्दैछ । पहिलो संस्करणको प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबसँग उपाधि बाडेको आर्मी यसपटक एक्लै उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

प्रधानमन्त्री कपको विजेता टोलीले १० लाख पाउनेछ भने उपविजेता टोलीले ५ लाख पाउनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् भने उत्कृष्ट बलर – व्याट्सम्यानले समान २५ हजार पाउनेछन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ९ : २० बजे

माओवादी बैठकमा प्रश्न : प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागको स्रोत के हो ?

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को शुक्रबार सम्मप्न केन्द्रीय समितिको सातौँ

गोकर्णेश्वरबाट रिभल्वर र बिनेटसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीबाट रभल्वर र

साल्ट ट्रेडिङले चाडपर्वमा कसरी दिँदैछ सहुलियत ?

काठमाडौं– दशैँसहितका ठूला चाडपर्व आएसँगै उपभोक्ताले अत्यावश्यकता वस्तुको आपूर्ति र

माओवादीसँग एकताका लागि समाजवादीले बनायो वार्ता टोली

काठमाडौं- नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न नेकपा (एकीकृत समाजवादी)