साढे साती दशाले कुन राशिलाई के गर्छ असर ? « Khabarhub

साढे साती दशाले कुन राशिलाई के गर्छ असर ?


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साढे सातको दशाले पिरोल्ने ज्योतिषीहरू बताउँछन् । साढे सातीको अन्तिम वर्ष र कुण्डलीमा शनी उच्च भएको अवस्थामा भने त्यसले केही फल पनि दिने बताइन्छ । विभिन्न ज्योतिषीहरूले बताएका तथा विभिन्न ग्रन्थहरूमा प्रकाशित भएका विद्वानहरूले बताएका आधारमा हामीले राशि अनुसार साढे साती दशाले पार्ने असर यहाँ प्रस्तुत गरेका छौँ-

– मेष राशिमा शनिको साढे सातको समस्या देखा परेमा कामको तनाव र चिन्ता बढी हुने भएकाले कुनै पनि निर्णय हतारमा नलिनू ।

– वृष राशिमा शनिको साढे सातको समस्या देखा परेमा कुनै कुराको थालनी पूर्व आफन्त वा विश्वासी नाताका मानिससंग सल्लाह लिनू ।

– मिथुन राशिमा शनिको साढे सातको समस्या देखा परेमा आर्थिक विषयमा सोचविचार गर्नू ।

– कर्कट राशिमा शनिको साढे सातको समस्या देखा परेमा जान्नेबुझ्ने जानकार व्यक्तिसँग परामर्श गरेर अघि बढ्नू ।

– सिंह राशिमा शनिको साढे सातको समस्या देखा परेमा कुनै पनि सवारी साधन प्रयोग गर्दा होस पुर्‍याउनू ।

– कन्या राशिमा शनिको साढे सातको समस्या देखा परेमा नहतारीकन सुझबुझका साथ काम गर्नू ।

– तुला राशिमा शनिको साढे सातको समस्या देखा परेमा प्राप्त भएको धनसमेत हातबाट फुत्कने भएकोले ख्याल पुर्याउनू ।

– वृश्चिकमा शनिको साढे सातको समस्या देखा परेमा अपजस तथा अवरोध खेप्नुपर्ने भएकोले होसीयारी हुनू ।

– धनु राशिमा शनिको साढे सातको समस्या देखा परेमा मेहनत अनुसारको फल पाउन सकिन्न । शंका गर्नेहरु बढ्छन् । बेचैनी बढ्छ । विवाद झेल्नुपर्छ । सचेत हुनू ।

– मकर राशिमा साढे सातको समस्या देखा परेमा ठुलो निर्णय लिनु चुक्नुहुने हुँदा सुझाव लिएर काम गर्नू

– कुम्भ राशिमा साढे सातको समस्या देखा परेमा खुट्टा तान्नेहरु सक्रिय हुने भएकोले शनिलाई प्रसन्न गराउर्नू

– मीन राशिमा साढे सातको समस्या देखा परेमा भाग्य अनुकूलता नभएमा जस्तो मेहनत गरेमा पनि बनेको काम फूत्कन्छ ।

शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ५ : ४० बजे

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२