ग्रीसमा भेटियो दुई करोड वर्ष पुरानो रुखको जीवाश्म, जहाँ हाम्रा बाँदर पुर्खा खेल्थे « Khabarhub

ग्रीसमा भेटियो दुई करोड वर्ष पुरानो रुखको जीवाश्म, जहाँ हाम्रा बाँदर पुर्खा खेल्थे


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ग्रीसमा दुई करोड वर्ष पुरानो रुखको जीवाश्म भेटिएको छ । ग्रीसको लेसबोस टापुको जंगलमा सडक निर्माणका लागि खन्ने क्रममा यति पुरानो रुखको जीवाश्म भेटिएको हो ।

यो रुख यति पुरोना हो कि यसमा हाम्रा बाँदर पुर्खाहरु खेल्दथे । यो जीवाश्म दुई करोड वर्ष पहिले जीवित रहेको रुखको हो ।

ज्वालामुखीको लाभाले यो टापुलाई पुर्दा यो जीवाश्म जोगिएको वैज्ञानिकहरुले बताएका छन् ।

लेसबोस जंगल संग्रहालयका प्राध्यापक निकोस जौरोस भन्छन्, ‘यो रुख हाँगाहरुसहित, अझ रुख जस्तै आकारमा भेटिनु ज्यादै महत्वपूर्ण हो । यो जंगलमा अहिलेसम्म यति पुरानो रुख नभेटिएको अवस्थामा यो भेटिनु अनौठो हो ।’

‘जहाँसम्म मलाई थाहा छ यति पुरानो रुखको जीवाश्म संसारमा जहाँ भेटिए पनि दुर्लभ हो ।’ उनी भन्छन् ।

वैज्ञानिकहरुले करोडौँ वर्ष पुरानो रुखलाई जोडेर यसको प्रकार पत्ता लगाउने अपेक्षा गरेका छन् ।

 

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १२ : ५४ बजे

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका

‘विजयसाल सामुदायिक घरवास’मा पाहुनाको आकर्षण

कञ्चनपुर–  कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक