हरि चौहानको अर्धशतकमा एपीएफलाई २१२ रनको लक्ष्य | Khabarhub Khabarhub

हरि चौहानको अर्धशतकमा एपीएफलाई २१२ रनको लक्ष्य


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हरि चौहानको अर्धशकिय इनिङ्समा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २१२ रनको लक्ष्य दिएको छ ।

प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता अन्तर्गत कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको फाइनलमा आर्मीले निर्धारित पुरा ओभरको खेल खेल्दै ९ विकेट गुमाएर २११ रन बनाएको हो ।

एपीएफविरुद्धको फाइनलमा आर्मीले नयाँ रणनीति अपनाएको थियो । जसमा उसले आफ्नो टेल एन्डर ब्याट्सम्यान सुशन भारीलाई ओपनिङमा पठाएको थियो । उनीसँग अनिल मण्डलले ओपनिङ गरेका थिए ।

आर्मीले बिहान विकेटको अवस्था अनुसार ब्याटिङ रणनीति बनाएको थियो । जसमा ओपनर द्वयले दोहोरो अंकको रन बनाएर ९ ओभरसम्म खेलेका थिए । सुशनले १३ रन र अनिल ११ रनमा आउट भएका थिए ।

आर्मीका लागि सर्वाधिक रन बनाएका हरि चौहानले कम योगफलमा रहेको आर्मीको ब्याटिङ माथि उकासेका थिए । जसमा उनले १०२ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ५८ रन बनाए । यस्तै, आर्मीका राजेश पुलामी मगरले २९ बलको सामना गर्दै २ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।

आर्मीको आठौं विकेटका रुपमा मैदान प्रवेश गरेका लोकेश बमले आक्रामक ब्याटिङ गर्ने प्रयास गरेका थिए । तर, ९ लबमा १५ रन बनाएर खेलिरहेका उनलाई अभिनाष बोहराले किशोर महतोमार्फत क्याच गराए ।

यस्तै, रोहित पौडेलले ३० बलको सामना गर्दै ३० रन, ३६ बलको सामना गरेका भिम सार्कीले ७ रन, बिक्रम शोवले ११ रन बनाए भने साहब आलमले २१ रन प्रहार गरे ।

टस जितेर फिल्डिङ रोजेको एपीएफका लागि अभिनाष बोहराले उत्कृष्ट बलिङ गरे । उनले ९ ओेभर बलिङ गर्दै २ मेडन ओभरसहित २५ रन खर्चेर ४ विकेट लिएका छन् । यस्तै, एपीएफका भुवन कार्कीले १० ओभर बलिङ गर्दै २६ रन खर्चेर १ विकेट लिए भने कमलसिंह ऐरीले १० ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ३४ रन खर्चेर १ विकेट लिए । किशोर महतोले १० ओभर बलिङ गर्दै ५३ रन खर्चेर २ विकेट, शरद भेषवकरले एक विकेट लिए ।

प्रधानमन्त्री कपको विजेता टोलीले १० लाख पाउनेछ भने उपविजेता टोलीले ५ लाख पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् भने उत्कृष्ट बलर–व्याट्सम्यानले समान २५ हजार पाउनेछन ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १२ : ५० बजे

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

काठमाडौं – काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही

सन्दीपले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको

टी–२० आईमा किरण र रुपेशको डेब्यु

स्कटल्यान्ड – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा महामन्त्री शर्माको जोड

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन र