सुदूरपश्चिम प्रदेशमाथि प्रधानमन्त्री ओलीले अन्याय गरे – मुख्यमन्त्री भट्ट « Khabarhub

सुदूरपश्चिम प्रदेशमाथि प्रधानमन्त्री ओलीले अन्याय गरे – मुख्यमन्त्री भट्ट


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरेको गुनासो गरेका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम प्रदेशमाथि स‌ंघीय सरकारले ठूलो अन्याय भएको आरोप लगाए ।

मुख्यमन्त्री भट्टले भने, ‘यहाँबाट नयाँ मान्छेहरु त्यहाँ गएर ठूला–ठूला कुरा गरिरहेका छन्। केही दिन अगाडि यसै ठाउँबाट प्रधानमन्त्री ओलीले सुदूरपश्चिमलाई न्याय गरेको बताउनुभयो। पश्चिम सेती, लोकमार्गलगायत बनाउने कुरा गर्नुभयो। तर यसभन्दा पहिले के गर्नुभयो उहाँले ? यो न्याय होइन अन्याय हो, सुदूरपश्चिममका जनतालाई फुटाउने खेल हो।’

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेकोले सुदूरपश्चिमवासीले सशक्त रुपमा प्रतिरोध गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ३ : ४२ बजे

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा