संसद् बैठक बोलाएर ओलीलाई कारबाही गर्ने तागत हामीसँग छ : प्रचण्ड | Khabarhub Khabarhub

संसद् बैठक बोलाएर ओलीलाई कारबाही गर्ने तागत हामीसँग छ : प्रचण्ड


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने दाबी गरेका छन् ।

शनिबार कैलालीको धनगढीमा आयोजित विरोधसभामा उनले सभामुखले बैठक बोलाउने र दुईतिहाइ सांसद्ले प्रधानमन्त्रीलाई कारबाही गर्ने बताएका हुन । विघटित प्रतिनिधिसभाका अधिकांश सांसद् संसद् पुनःस्थापनाको पक्षमा रहेको बताउँदै उनले संसद बैठक बोलाएर ओलीलाई कारबाही गर्ने तागद आफूहरुसँग भएको उनले जिकिर गरे ।

नेपालको संविधानले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको बताउँदै उनले संसद् विघटन नभएको तर्क गरे ।

‘संसद् भंग भएको छैन । संविधानलाई कुल्चेर भंग भयो भन्दैमा हामीले मान्नुपर्ने छ र ?’,उनले भने, ‘केपी सरकार विघटन भयो भन्ने मेरो भनाइ छ ।’

संसद विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको हुँदा न्यायालयले उचित फैसला गर्नेमा आफू ढुक्क रहेको बताए । उनले सर्वोच्च अदालतले सही निर्णय गर्ने भएकाले अहिले नै प्रतिनिधिसभाको बैठक नबसेको बताए।

प्रधानमन्त्री ओलीले सार्वभौम नेपाली जनताको प्रतिनिधिमार्फत घोषणा भएको संविधानमाथि हमला गरेको उल्लेख गर्दै दाहालले सबैलाई सडकमा उत्रिन आग्रह गरे।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ४ : ०५ बजे

कार्यवाहक प्रधानमन्त्रीले सिंहले बोलाए आकस्मिक बैठक

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले प्राकृतिक विपद्को सामना गर्ने विषयमा

नेपालमा बाढी चल्दा भारतमा अत्यास, २४ घण्टे क्याम्प लगाउन निर्देशन

काठमाडौं – दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण धनजनको क्षति

माथिल्लो मनाङमा हिमपात, जनजीवन प्रभावित

मनाङ– देशभरि मनसुन सक्रिय भएसँगै हिमाली जिल्ला मनाङमा हिमपात भएको

महोत्तरीका चौबिस गाउँ बाढीको उच्च जोखिममा

जलेश्वर – चारदिनदेखिको अविरल वर्षाले जिल्लाका अधिकांश नदी तथा खोलामा

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– पहिरोले गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ