संसद् बैठक बोलाएर ओलीलाई कारबाही गर्ने तागत हामीसँग छ : प्रचण्ड « Khabarhub

संसद् बैठक बोलाएर ओलीलाई कारबाही गर्ने तागत हामीसँग छ : प्रचण्ड


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने दाबी गरेका छन् ।

शनिबार कैलालीको धनगढीमा आयोजित विरोधसभामा उनले सभामुखले बैठक बोलाउने र दुईतिहाइ सांसद्ले प्रधानमन्त्रीलाई कारबाही गर्ने बताएका हुन । विघटित प्रतिनिधिसभाका अधिकांश सांसद् संसद् पुनःस्थापनाको पक्षमा रहेको बताउँदै उनले संसद बैठक बोलाएर ओलीलाई कारबाही गर्ने तागद आफूहरुसँग भएको उनले जिकिर गरे ।

नेपालको संविधानले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको बताउँदै उनले संसद् विघटन नभएको तर्क गरे ।

‘संसद् भंग भएको छैन । संविधानलाई कुल्चेर भंग भयो भन्दैमा हामीले मान्नुपर्ने छ र ?’,उनले भने, ‘केपी सरकार विघटन भयो भन्ने मेरो भनाइ छ ।’

संसद विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको हुँदा न्यायालयले उचित फैसला गर्नेमा आफू ढुक्क रहेको बताए । उनले सर्वोच्च अदालतले सही निर्णय गर्ने भएकाले अहिले नै प्रतिनिधिसभाको बैठक नबसेको बताए।

प्रधानमन्त्री ओलीले सार्वभौम नेपाली जनताको प्रतिनिधिमार्फत घोषणा भएको संविधानमाथि हमला गरेको उल्लेख गर्दै दाहालले सबैलाई सडकमा उत्रिन आग्रह गरे।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ४ : ०५ बजे

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई