शनिबार १४ हजार ८९४ जनाले लगाए कोरोना विरुद्धको खोप « Khabarhub

शनिबार १४ हजार ८९४ जनाले लगाए कोरोना विरुद्धको खोप


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार  देशभरका १४३ खोप केन्द्रबाट १४ हजार ८९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार ५४७, प्रदेश २ मा २ हजार ११०, बागमती प्रदेशमा ५ हजार ४०२, गण्डकीमा १ हजार ८८७, लुम्बिनीमा २ हजार ६३, कर्णालीमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० जनाले खोप लगाएका हुन ।

खाेप लगाउन सुरु गरिएकाे आज चौथो दिनसम्म खाेप लगाउनेकाे कूल संख्या ६४ हजार ४ सय २२ पुगेकाे छ।

खोप लगाएर असर गरेको भनेर विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ।

दोलखामा खोप लगाएकाहरु धमाधम बिरामी भएको भन्ने समाचार सार्वजनिक भएपनि त्यस्तो केही पनि समस्या नभएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

खोपसम्बन्धी समाचार आधिकारीक रुपमा पुष्टि गरेर मात्र प्रकाशन गर्न मन्त्रालयले विज्ञप्तिमार्फत् अनुरोध गरेको छ। साथै मन्त्रालयले खोप लगाउनुपर्ने लक्षित समूहलाई ढुक्क भएर लगाउन समेत अनुरोध गरेको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ७ : ३० बजे

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो

खलङ्गा– दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन पुगेको

दुई तिहाइ वा महाअभियोगको डर र प्रभावमा न्याय सम्भव छैन : कामु प्रधानन्यायाधीश मल्ल

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही– जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक  सामुदायिक वनमा दाउरा लिने