‘गेम अफ थ्रोन्स’ मा यी कलाकारले एक भागमै पाउँछन् पाँच करोडभन्दा बढी पारिश्रमिक | Khabarhub Khabarhub

‘गेम अफ थ्रोन्स’ मा यी कलाकारले एक भागमै पाउँछन् पाँच करोडभन्दा बढी पारिश्रमिक


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अमेरिका – अमेरिकन टिभी सिरिज ‘गेम अफ थ्रोन्स’ को आठौँ भाग शुरु भइसकेको छ । यो सिरिजले संसारकै ध्यान तानेको छ । यसको पहिलो एपिसोड १४ अप्रैलमा रिलिज भएको थियो । यो सिजनलाई लिएर दर्शकमा निकै नै चासो पनि छ । किनकि यो अन्तिम भाग पनि हो ।

विश्वभर चर्चा रहेको यो फिल्मका कलाकारले कति पारिश्रमिक लिन्छन् । यसबारेमा जानौँः

सिजन ८ मा डेनेरियस टारगेरियनको भूमिका निभाएकी एमिलिया क्लार्कले प्रति एपिसोड ७ लाख १० हजार डलर पारिश्रमिक लिने गर्छिन् । यो पारिश्रमिक भनेको नेपाली झण्डै ८ करोड हो ।

जोन स्नोको भूमिका निभाएका किट हैरिंगटनले प्रति एपिसोड ७ लाख १० हजार पारिश्रमिक लिन्छन् । उनको पारिश्रमिक पनि नेपाली ८ करोडको हाराहारीमा हुन आउँछ । त्यस्तै सर्सी लेनिस्टरको भूमिका निभाएकी कलाकार लीना हेडेले पनि एक भागबाटै ७ लाख १० हजार डलर पारिश्रमिक लिने गर्छिन् ।

यो सिरिजको सिजन ८ मा जेमी लेनिस्टरको भूमिका निभाएकी कलाकार निकोलाज कोस्टरले नेपाली ७ करोड ५० लाखको हाराहारीमा पारिश्रमिक लिने गर्छिन् । यस्तै टीरियोन लेनिस्टरको भूमिका निभाएका कलाकार पीटर डिङ्टेल पनि सोही यति नै पारिश्रमिक लिने गर्छन् ।

यस्तै सान्सा स्टार्कको भूमिका निभाउने कलाकार सोफी टर्नरले प्रति एपिसोड २ लाख १० हजार डलर पारिश्रमिक पाउँछन् । यो नेपालीमा २ करोड ३५ लाख जति पारिश्रमिक हुन आउँछ ।

यस्तै आर्या स्टार्कको भूमिका निभाएकी कलाकार मेसी विलियम्स र ब्रेन स्टार्कको भूमिका निभाएका कलाकार आइसेक हेम्प्सटेड राइटले पनि प्रति भाग साढे दुई करोड नेपाली पारिश्रमिक लिन्छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ४ : ३४ बजे

संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान 

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले संघीयता

अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई आज चार्टर विमानबाट काठमाडौं ल्याइदै

काठमाडौं – अमेरिकामा रहेका ३७ नेपाली रिपोर्टमा परेका छन्। अमेरिकाले

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गोंगबुमा भेटियो चार करोड २५ लाख नगद र नौ किलो सुन

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट चार

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्कदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर आज