ओलीलाई रेनुको प्रश्न : सुटुक्क आएर 'ढुंगापूजा' गर्दैमा सिटी हल र सडक निर्माण हुन्छ ? | Khabarhub Khabarhub

ओलीलाई रेनुको प्रश्न : सुटुक्क आएर ‘ढुंगापूजा’ गर्दैमा सिटी हल र सडक निर्माण हुन्छ ?


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सिटी हल र ६ लेन पूलचोक-गोन्द्राङ सडक महानगरलाई थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको बताएकी छिन् ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले महानगरलाइ थाहै नदिई सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक शिलान्यास गरिनु दुःखद भएको मेयर दाहालले बताएकी हुन् ।

कुँवर समाज नेपाल चितवन शाखाद्वारा निर्मित राष्ट्रिय विभूति बलभद्र कुँवरको पूर्ण कदको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।

उनले प्रश्न गरिन, ‘प्रधानमन्त्री ओली एक दिन सुटुक्क आएर ढुंगा पूजा गर्दैमा सिटी हल र ६ लेन सडक निर्माण हुन्छ ?’

उनले भरतपुर महानगरको परिकल्पना र स्वामित्वमा तीन वर्ष लामो गृहकार्यपछि सिटी हल निर्माणको कामले गति लिएको बताए ।

राजनीतिक दाउपेचका आधारमा विकास निर्माणलाई लिनु गलत भएको भन्दै मेयर रेनुले विकास त लामो प्रयास र निरन्तरताले मात्र सम्भव हुने बताइन् ।

शिल्यान्यास कार्यक्रममा दाहाल अनुपस्थित भएपछि ओलीले मेयर दाहाल ‘पिकनिक खान’ गएर कार्यक्रममा सहभागी नभएको भन्दै व्यंग्य गरेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ९ : १७ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न