अपाङ्गता भएकालाई ज्याकेट र ब्ल्याङ्केट « Khabarhub

अपाङ्गता भएकालाई ज्याकेट र ब्ल्याङ्केट


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– दुई स्थानीय तहका अतिविपन्न शारीरिक अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट जोगाउने उद्देश्यले ज्याकेट र ब्ल्याङ्केट वितरण भइरहेको छ ।

सिबीएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका अपाङ्गता भएका अतिविपन्न व्यक्तिलाई ज्याकेट र ब्ल्याङ्केट वितरण गरेको हो ।

केन्द्रले भुम्लु गाउँपालिकाको १० वडाका १०० अपाङ्गता भएका व्यक्तिलाई ब्ल्याङ्केट प्रदान गरिसकेको छ । यसपछि मण्डनदेउपुरका अपाङ्गता भएका व्यक्तिलाई ज्याकेट र ब्ल्याङ्केट वितरण अभियान थालिएको केन्द्रका सचिव रमेश गौतमले जानकारी दिए ।

उनका अनुसार कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत मण्डनदेउपुरका १२० अपाङ्गता भएका व्यक्तिलाई नगरको साझेदारीमा ज्याकेट र ब्ल्याङ्केट वितरण गर्ने कार्यक्रम रहेको छ ।

मण्डनदेउपुर नगर उपप्रमुख निर्मला शाहीले ज्याकेट र ब्ल्याङ्केट वितरण कार्यक्रमको ९ नं वडाबाट उद्घाटन गर्दै संस्थाको सहयोगले अपाङ्गता भएका व्यक्तिलाई राहत पुगेको बताए । “नगरले अपाङ्गता पहिचान भएका सबैलाई वर्षेनी न्यानो कपडा दिने योजना बनाइरहेको छ”, उनले भने ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : ५२ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी